१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बाँकेको साईगाउँ सिमानाका क्षेत्रबाट रातभर हुन्छ प्रहरीको सेटिङ्गमा मोटरसाइकलमा A.C तस्करी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २२, २०८२

बाँके । गृहमन्त्री सुधन गुरुङले सिमानाका क्षेत्रमा हुने अबैध गतिविधि चोरी तस्करी नियन्त्रण गर्न कडा निर्देशनलाई बेवास्ता गर्दै,साईगाउँ सिमानाका क्षेत्रबाट रातभर हुन्छ खुल्मखुला (एसी) तस्करी लगायत यस्ता आरोप बाहिरिनु राज्यको सुरक्षा संयन्त्रकै प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ। सशस्त्र प्रहरीको बियोपी साईगाउँ, प्रहरी चौकी साईगाउँ र जिल्ला प्रहरीका घुमुवा टोलीको मिलेमतो भएको प्रश्न चिह्न उठेको छ ।

बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको बियोपी साईगाउँ, प्रहरी चौकी साईगाउँ र जिल्ला प्रहरीका घुमुवा टोलीमाथि अवैध गतिविधिमा आँखा चिम्लिएको मात्र होइन, सीधै मिलेमतो गरेको गम्भीर आरोप उठ्न थालेको छ ।

स्थानीयका अनुसार सीमा क्षेत्रमा रातको आवरणमा हुने तस्करी,अवैध ओसारपसार र शंकास्पद गतिविधि नियन्त्रणमा लिनुपर्ने निकाय नै मौन बस्दा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको हो । अझ केही घुमुवा प्रहरीको संरक्षणमै अवैध काम भइरहेको जनगुनासो बढ्दो छ ।

सीमामा निगरानी, गस्ती र चेकजाँच कडा हुनुपर्ने ठाउँमा उल्टै सुरक्षा निकायमाथि नै मिलेमतोको आरोप लाग्नु अत्यन्तै गम्भीर विषय भएको स्थानीयको भनाइ छ । उनीहरूले यस्ता गतिविधिमा संलग्नमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा हुने चोरीतस्करी र अवैध गतिविधि रोक्न कडा निर्देशन दिँदै आएका बेला साईगाउँ क्षेत्रबाट यस्ता आरोप बाहिरिनु राज्यको सुरक्षा संयन्त्रकै प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ । यता यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दिपक पातलीलाई फोन सम्पर्क गर्दा फोन उठेन ।

१. साईगाउँका सुरक्षाकर्मीमाथि तस्करी संरक्षणको आरोप
२. बियोपी, प्रहरी चौकी र घुमुवा टोलीकै मिलेमतोमा सीमा क्षेत्रमा अवैध गतिविधि ?
३. साईगाउँमा सुरक्षा संयन्त्रमाथि प्रश्न, तस्करी नियन्त्रण होइन संरक्षणको आरोप ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]