२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ८३४ कैदीहरुको सजाय मिनाहा

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९


(ABC=SANCHAR)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

  काठमाडौं । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न […]

error: Content is protected !!