ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब २ किलो ७ सय ग्राम गाँजासहित भारतमा घर बताउने ३३ वर्षिय अली हुसैनलाई पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निजले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।
त्यसवेला उनको साथबाट ४ हजार नेपाली रुपैयाँ, ५ सय भारती रुपैया, आयकर कार्ड एक थान, आधार कार्ड एक थान, दुई थान मोटरसाइकल सेट समेत बरामद गरिएको छ ।
पक्राउ परेका हुसैनलाई बरामद गाँजा, रुपैया, कार्ड र मोबाइलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।