ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो ।
हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको प्रतिस्पर्धा सुरु भएको छ ।
यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वासका साथ तीन ब्याचमा केही महिना अघिपछि सेवा प्रवेश गरेका प्रहरी अधिकृत चर्को दौडधुुपमा लागेका हुन् ।
डीआईजी बढुवाको दाबेदारमा एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली छन् । उनीहरु ७ फागुन २०७५ मा एसएसपी पदमा बढुवा भएका थिए ।
डीआईजीका प्रतिस्पर्धीहरुमा एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरन राना, लालमणि आचार्य, यज्ञविनोद पोखरेल छन् । उनीहरु १८ वैशाख २०७७ मा एसएसपीमा बढुवा भएका हुन् ।
एसएसपीहरुको बढुवापछि रिक्त हुने पदमा पनि एसपीहरुबीच चर्को प्रतिस्पर्धा देखिन्छ । एसएसपीमा बढुवाका दाबेदार एसपीहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज बिष्ट, डम्बर बहादुर बीके, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्र प्रसाद भट्ट, मनोज कुमार यादव, किशनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, जीवन कुमार श्रेष्ठ (क), दीपक रेग्मी, दीपक कुमार बस्नेत, जयराम सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ दीपेन्द्र जीसी, रामेश्वर प्रसाद यादव, दिलीप सिंह देउवा, सञ्जीव शर्मा दास छन् । उनीहरु १९ साउन २०७४ मा एसपीमा बढुवा भएका हुन् ।
यस्तै एसपीमा बढुवा हुने दाबेदार डीएसपीहरु सञ्जयबहादुर राउत, सीताराम रिजाल, भीमकिरण बोगटी, देवेन्द्रबहादुर पाल, सुमन कुमार तिमिल्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, हेरम्ब शर्मा र विनोद शर्मा छन् । उनीहरु ६ साउन २०७० मा डीएसपीमा बढुवा भएका हुन् ।
यस्तै, अन्य बढुवाका दाबेदार डीएसपीहरु भाग्येन्द्र पुरुष ढकाल, रामबहादुर केसी, अवदेश विष्ट क्षेत्री, राजेश थापा, मित्रबन्धु शर्मा, रन्जित सिंह राठौर, रामप्रसाद घटी मगर, नरेन्द्र कुमार कार्की, खड्कबहादुर खत्री, मधवप्रसाद बुढाथोकी, विश्वराज सिंह खड्का, बाल नरसिंह राणा, हरिहर नाथ योगी छन् । उनीहरु ५ मंसिर २०७१ मा डीएसपीमा बढुवा भएका हुन् ।
यस्तै, ११ फागुन २०७१ मा डीएसपीमा बढुवा भएकाहरु पनि एसपी बढुवामा दाबेदार छन् । डीएसपीहरु अपिलराज बोहरा, गौतम कुमार केसी, टेकुनन्द ईवा लिम्बू, नरेशराज सुवेदी, भरतबहादुर विक, बसुन्धरा खड्का, विपिन रेग्मी, रवीन्द्रबहादुर सिंह, अनुपम श्रेष्ठ, चित्रबहादुर गुरुङ, मोहनकुमार थापा, नवरत्न पौडेल, गौतम मिश्र, सुधीरराज शाही, काजीकुमार आचार्य, गोविन्द पुरी, नवराज कार्की, योगेन्द्र कुमार खड्का, दुर्गाराज रेग्मी, वासुदेव पाठक, नवीनकिशोर प्रधान, रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्रचार्य, कोमल शाह, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरिया, श्यामबहादुर खत्री, श्याम कुमार राई, शालिग्राम शर्मा र कुमोद ढुंगेल एसपी बढुवामा प्रतिस्पर्धी छन् ।पर्दाफासबाट