२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

दर्शकलाई थप्पड हानेर दुर्व्यवहार गर्ने नायिका मिरुनाको चर्को विरोध कबड्डी ४ बन्द हुनुपर्ने माग

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । अहिले विभिन्न हलमा प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ ।

काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई दुव्र्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन । मिरुनाको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । फुर्वालाई न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीमा राखिएको छ ।

फिल्म हेर्न आएका दर्शकले पछाडिबाट छोएको भन्दै नायिकाले सार्वजनिकस्थलमै लामा पहिरनमा रहेका फुर्वालाई थप्पड हानेर दुव्र्यवहार गर्दै न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको जिम्म लागएको भन्दै लामाको रिहाईको माग गर्दै जुम्ली समाज काठमाडौँले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।
दर्शकलाई फसाउन खोजेको भन्दै आक्रोशित दर्शकले हलहरूमा प्रदर्शन गर्दै मंगलबार फिल्म प्रदर्शन बन्द गराएका छन् ।
उक्त घटनासँग सम्वन्धित एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा भिडभाडबीच मिरुनाले लामा पहिरनमा रहेका एक पुरुषलाई थर्काइरहेको देखिन्छ ।
‘अब आइन्दा कसैलाई यस्तो गरिस भने ‘डु यु थिंक इट्स जोक’ भन्दै थर्काएर मिरुना हिँड्छिन् । त्यसपछि ती व्यक्तिले सबैका अगाडि कान समातेरर माफी मागेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

error: Content is protected !!