२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

कारागारमा हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृहले समिति बनायो

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

(ABC=SANCHAR)
काठमाडौं । रोल्पा कारागारमा कैदी सुन्दर हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव सूर्यप्रसाद सेढाईँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

जेठ ४ मा कैदी हरिजनले झुन्डिएर आत्महत्या गरेका थिए । समितिमा मन्त्रालयका उप–सचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

स्थलगत रूपमा घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको छ । हरिजन वास्तविक हत्या आरोपीको बदलामा जेल बसेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

error: Content is protected !!