((ABC=SANCHAR)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनास्थित श्री गीता गजेन्द्र जोशी माद्यामिक विद्यालयलाई २६ थान पंखा सहयोग गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगीको पहलमा उद्यमी राम सर्राफले सिलिंङ् पंखा उपलब्ध गराएका हुन् ।
बुधवार विद्यालयमै पुगेर नेकपा एमालेका नेता एवम् निवर्तमान मेयर सरावगीले विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रालाई पंखा हस्तान्तरण गरेका हुन् ।
पंखाको अभावमा विद्यार्थीहरुको पठनपाठन नै प्रभावित हुने गरेको जानकारी पाएपछि सरावगीकै आग्रहबमोजिम सर्राफले पंखा उपलब्ध गराएका हुन् ।