२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

कैलालीको इप्रका सुखडमा थुनामा रहेको थुनुवा हतकडी सहित फरार कसरी भो ?

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

ABC (क्राईमबिट)
धनगढी । ईलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडी सहित फरार भएको छ । जेठ १८ गते मेडिकललका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ बर्षिय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका छन् ।

जेठ १४मा घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्यामा पक्राउ गरी थुनामा राखेको थियो । दुबैजनालाई मेडिकल जाँचका लागि स्थानीय अस्पताल घोडाघोडीबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद जोशीले सुदूरपत्र अनलाइनलाई जानकारी दिए ।

दुबैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरुलाई मेडिकलका लागि लगिएको थियो । ‘दुबै जनालाई एक हतकडी लगाएको थियो’ प्रहरी नायव उपरिक्षक जोशीले भने–‘प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडी सहित भगेका हुन् ।’ दुबै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भैरहेको थियो । अहिले फरार भएका थुनुवाई खोजिका लागि जिल्ला र ईलाकाको टोली खटिएको प्रहरी नायव उपरिक्षक जोशीले सुदूरपत्र अनलाइनलाई जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

error: Content is protected !!