२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

झापा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोह ८ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९


ABC (क्राईमबिट)
झापा । विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकल सहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका-५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका-३ बस्ने १९ वर्षीय कुमार राजवंशी र ईलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् । झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान गर्न क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका-८ कदमगाछी बस्ने अशोक विहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका-१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो । उनीहरू उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

error: Content is protected !!