२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल एक्सनमा देशभरीका घुमुवाहरु तानिए

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले संठनभित्र सुधारको काम थालेका छन्। महानिरीक्षकमा नियुक्त भएको एक महिनामै उनले संस्थागत सुधारको थालनी गरेका छन् ।

कर्मचारीको हितमा १० बुँदे निर्णय गरेर त्यसको कार्यान्वायन अघि बढाएका उनले अनियमितताविरुद्ध पनि काम थालेका छन् । उनले सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका करिब चार सय ‘घुमुवा’लाई एकैपटक फिर्ता गराएका छन् । उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको र सूचना संकलनको प्रणालीलाई फिर्ता गरिएको सशस्त्रले जनाएको छ ।

सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबैलाई ‘घुमुवा’ फिर्ता गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए । ‘अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ,’ डिआइजी खड्काले भने, ‘सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको छ ।’सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबै ‘घुमुवा’ फिर्ता गरिएको छ । अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ । सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।

सादा पोसाकमा खटिने कतिपय कर्मचारी गैरव्यावसायिक गतिविधिमा लागेको पाइएकाले पनि उनीहरूलाई सम्बन्धित कार्यालयमै फिर्ता गरेर नियमित ड्युटीमा खटाइएको हो । भ्रष्टाचारमा शून्य सहनशीलताको प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गरी व्यवस्थित गर्न लागिएको प्रवक्ता खड्काले बताए । कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएको छ । सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा कर्मचारी खटाउँदै आएका छन् ।

सशस्त्रको योजनाअनुसार सादा पोसाकमा अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेका मात्र खटिनेछन् । यसअघि कार्यालय प्रमुखका निकट प्रहरीलाई सादा पोसाकमा खटाउने गरिएको थियो । खासगरी तराईका जिल्लामा खटिने यस्ता कर्मचारी गैरव्यावसायिक गतिविधिमा संलग्नसमेत हुने गरेका थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार अब सादा पोसाकमा खटिने कर्मचारीको हकमा छुट्टै परिचयपत्रको समेत व्यवस्था गर्न लागिएको छ ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका घुमुवा पटक–पटक विवादमा मुछिँदै आएका छन् । छिन्नमस्ता बाहिनी महोत्तरीबाट खटिएका चार घुमुवाविरुद्ध तीन साताअघि बारामा पक्राउ पुर्जीसमेत जारी भएको छ । सशस्त्रका घुमुवाले हतियार डिल गरेर पक्राउ गर्न खोजेका घुमुवालाई नेपाल प्रहरीले पक्राउ गरेपछि हतियार कारोबारमा सशस्त्रका घुमुवाको समेत मिलेमतोको आशंकामा पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानको क्रममा मिलेमतो नदेखिएपछि उनीहरूलाई मुद्दा नचलाउने सहमति भएको स्रोत बताउँछ । तराई क्षेत्रमा कार्यरत अन्य घुमुवा पनि अनुसन्धानको क्रममा छन् । घुमुवाका कारण सगठन बदनाम भएपछि उनले यसमा सुधार थालेका हुन् । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

error: Content is protected !!