२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

जन जीविकासँग जोडिएको मूल्य वृद्धिविरुद्ध राप्रपा नेपालले आन्दोलन गर्ने

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९


(ABC=SANCHAR)
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जनजीविकासँग जोडिएको मूल्य वृद्धिलगायतका विभिन्न विषयलाई लिएर विरुद्धमा आन्दोलन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यसको विरुद्धमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।
स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने, तीन तहको सङ्घीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने भएकाले आगामी निर्वाचनमा सो विषयलाई राप्रपाले जोडदार माग गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

error: Content is protected !!