०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

ओली प्रधानमन्त्री हुँदा १०२ रूपैयाँको पेट्रोल देउवा प्रधानमन्त्री हुँदा १८० एमालेका प्रमुख सचेतक : भट्टराई

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पछिल्ला समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा सरकारको आलोचना गरेका छन्।

वर्तमान सरकार गैरजिम्मेवार हुँदा १५ दिनमै दुईपटक इन्धनको मूल्यवृद्धि भएको भट्टराईको आरोप रहेको छ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा प्रतिलिटर पेट्रोलको मूल्य १०२ भएको र यतिबेला शेरबहादुर देउवाको नेतृत्वको सरकार हुँदा पेट्रोलको मूल्य १८० रूपैयाँसम्म पुगेको पनि उल्लेख गरे।

उनले भनेका छन्,‘केपी ओली प्रधानमन्त्री रहँदा पेट्रोलको मूल्य १०२ रूपैयाँ थियो, देउवाको पालामा हिजो १० रुपैयाँ घटेपछि १७० पुगेको छ। डिजेलको मूल्य ८८ थियो १६३ पुगेको छ। १ हजार ४२५ रहेको ग्यासको मूल्य १८ सय हुन पुगेको छ। बजारमा ८४ रूपैयाँ रहेको चिनीको मूल्य होलसेलमै ९९ पुगेको छ। तिहारसम्म चिनीको मूल्य १३० पुग्छ भन्ने आइरहेको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]