२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पछी सुरक्षा कडाई

Logo
प्रकाशित सोमबार, जेठ २३, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।

पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन् । प्रहरीले एफआईआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ । बिहान साढे ७ देखि ८ को बीचमा उक्त पत्र भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । भारतको अन्तर राज्य गिरोहका नाइके भनेर चिनिने लरेन्स बिश्रोईले पाँच वर्ष अधि जोधपुरस्थित अदालतमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका थिए ।

त्यतिबेला उनी कालो हरिण मारेको मुद्दामा अदालत पुगेका थिए । हत्या, अवैध असुली र फायरिङ लगायत घटनामा संलग्नता रहँदै आएका लरेन्स विश्रोई अहिले जेलमा छन् । सोही समूहले सिद्धु मुसेवालाको हत्याको जिम्मा लिएको छ । गत साता पञ्जाबको मान्सा गाउँमा गायक तथा नेता सिद्धु मुसेवालाको हत्या भएको थियो । उनीमाथि २५–३० गोली प्रहार भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]