२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भन्सार छलेर कपडाभित्र सुन तस्करी गर्ने चिनियाँ र भारतीय सहित ७ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २ सय ४१ मिलिग्राम सुन सहित उक्त कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका-१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तु बाणगंगा नगरपालिका-८ ठेगाना भएका २९ वर्षीय सन्दिप चन्द ठकुरी, काठमाडौं बौद्ध बस्ने बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ ठेगाना भएका २२ वर्षीया निर्मला घलान, काठमाडौं बुढानिलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-४ ठेगाना भएका ४१ वर्षीय राहुल भन्ने बरूण भक्त माथेमा रहेका छन् ।

त्यस्तै काठमाडौं बौद्ध बस्ने चीन तिब्बत छेन्दु ठेगाना भएका २७ वर्षीय लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-१० ठेगाना भएका ४२ वर्षीय युवराज भुषाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगर ठेगाना भएका ५१ वर्षीय अमन राजपुत रहेका छन् ।

दुवईबाट काठमाडौं आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दिपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको हो । साथै उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!