१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सुर्खेतमा ४ दिनदेखि हराइएकी एक बालिकाको मकै बारीमा शव फेला

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९


ABC (क्राईमबिट)
सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिका ५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो ।

 

नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो ।

आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपछि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]