१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालमा चिनीको मुल्य बढयो प्रतिकिलो १०५ रुपैयाँ पुग्यो

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९


(ABC=SANCHAR)
काठमाडौं । नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’
उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ,’ तुलाधरले भने, ‘भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।’

थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ । संघले आधिकारिक रूपमा १०५ रुपैयाँ तोके पनि व्यापारी पिच्छे फरक–फरक मूल्य कायम भएको तुलाधरको भनाइ छ ।
यसअघि, पनि चिनीको खुद्रा मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेपनि व्यापारीले ९८ रुपैयाँसम्म बिक्री गर्थे । यसपटक पनि यसैगरी खुद्रा व्यापारीले ११० रुपैयाँसम्म बिक्री गर्ने तुलाधरको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!