११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

लुम्बिनी प्रदेशका स्वास्थ राज्यमन्त्री बिमला वलीलाई बुटवल पठाइयो

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

(ABC=SANCHAR)
दाङ । एका बिहान् अर्काको घरभित्रै पसेर मंगलबार बिहान एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल पठाइएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लगेको थियो।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भने उत्तेजित भिडले राज्यमन्त्री वली घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा ‘उद्धार’ गरी ल्याउनु परेको बताए।

‘मिना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएको हुँदा बाहिर मानिसहरू जम्मा भई मोसो दल्ने वा कुटपिटको तयारी भइरहेको रहेछ,’ डिआइजी उपाध्यायले भने, ‘त्यहीबेला प्रहरी पुगेर उहाँलाई उद्धार गरी इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइएको हो।’

स्रोतका अनुसार बडी गार्ड र गाडीसहित राज्यमन्त्री विमला त्यहाँ पुगेको देखेपछि स्थानीय पहिले नै सशंकित बनिसकेका थिए।

त्यसैमाथि राज्यमन्त्री मिनाको घरभित्र प्रवेश गरी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना र उनकी अढाइ वर्षीया छोरीलाई कुटपिट गर्नुको साथै सरसमान यत्रतत्र फालिदिएको थाहा पाएपछि स्थानीय जम्मा भएर उनलाई घरभित्रै थुनेर राखेका थिए। त्यो सूचना पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई उद्धार गरी ल्याएको थियो।

वातावरण केही शान्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा आपसमा छलफल गराई विवाद साम्मे तयारी गरिरहेको बेला खबर बाहिरिएपछि स्थानीय सर्वसाधारण पनि राज्यमन्त्रीविरूद्ध उत्रिए।

इप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले दिउँसो पौने १ बजेतिर राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याएको थियो।

केहीबेरमा मुख्यमन्त्री कुलप्रसाद केसीले डिआइजीलाई फोन गरेर विमलालाई बुटवल पठाउन भने।

‘परिस्थिति सबै सहज भएको र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरेको हुँदा पठाइएको हो’, डिआइजी उपाध्यायले भने।

राज्यमन्त्री विमलाले त्यस्तो हर्कत गर्नु पछाडिको कारण के थियो? भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन।

मिनाले बिमलाविरूद्ध दिइन् उजुरी

तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले राज्यमन्त्री विमला खत्री वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर उजुरी दिएकी छन्।

मिनाले विमलाविरूद्ध आफू र छोरीमाथि अनाहक घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएको डिआइजी उपाध्यायले बताए।

विमलाको प्रेमी भनिएका मिनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!