२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

नेपाल प्रहरीको डीआईजी एसएसपी र एसपीमा बढुवा किन रोकियो

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा डेढ महिनादेखि १७ डीआईजी पद रिक्त भए पनि हालसम्म बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन । डीआईजीसँगै एसएसपी र एसपीमा पनि बढुवा गर्नपर्ने अवस्था छ ।

तर, गृह मन्त्रालयले बढुवाको प्रक्रिया अघि नबढाउँदा प्रहरीको उच्च पद रिक्त हुनुका साथै प्रदेशको नेतृत्व गर्ने डीआईजीहरुको पनि अभाव भएको छ ।उच्च स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु राणा, प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालगायत टोली उपचारका लागि भारतको नयाँ दिल्ली गएकाले पनि बढुवा रोकिएको हो । राणाले प्रहरीको सरुवा बढुवामा चासो दिँदै आएकी छन् ।

उच्च स्रोतका अनुसार उनीहरु बिहीबार नेपाल फर्किने तय भएको छ । त्यसपछि प्रहरीमा बढुवा प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ । यस्तै, विभिन्न ब्याचका अधिकारीबीच बढुवाको चर्को प्रतिस्पर्धा र बजेट पारितमा ढिलाइका कारण पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

यस्तै, डीआईजी बढुवामा अघि हुनेले महानिरीक्षक बन्ने सम्भावना भएका कारण पनि अहिले प्रतिस्पर्धा र गृह मन्त्रालयमा लबिइङ तीव्र भइरहेको उच्च स्रोतको भनाइ छ । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दीमध्ये १७ पद रिक्त छ ।

डीआईजी बढुवाको दाबेदारमा एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली छन् । उनीहरु ७ फागुन २०७५ मा एसएसपी पदमा बढुवा भएका थिए ।

डीआईजीका प्रतिस्पर्धीहरुमा एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरन राना, लालमणि आचार्य, यज्ञविनोद पोखरेल छन् । उनीहरु १८ वैशाख २०७७ मा एसएसपीमा बढुवा भएका हुन् ।

एसएसपीहरुको बढुवापछि रिक्त हुने पदमा पनि एसपीहरुबीच चर्को प्रतिस्पर्धा देखिन्छ । एसएसपीमा बढुवाका दाबेदार एसपीहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज बिष्ट, डम्बर बहादुर बीके, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्र प्रसाद भट्ट, मनोज कुमार यादव, किशनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, जीवन कुमार श्रेष्ठ (क), दीपक रेग्मी, दीपक कुमार बस्नेत, जयराम सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ दीपेन्द्र जीसी, रामेश्वर प्रसाद यादव, दिलीप सिंह देउवा, सञ्जीव शर्मा दास छन् । उनीहरु १९ साउन २०७४ मा एसपीमा बढुवा भएका हुन् ।
यस्तै एसपीमा बढुवा हुने दाबेदार डीएसपीहरु सञ्जयबहादुर राउत, सीताराम रिजाल, भीमकिरण बोगटी, देवेन्द्रबहादुर पाल, सुमन कुमार तिमिल्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, हेरम्ब शर्मा र विनोद शर्मा छन् । उनीहरु ६ साउन २०७० मा डीएसपीमा बढुवा भएका हुन् । यस्तै, अन्य बढुवाका दाबेदार डीएसपीहरु भाग्येन्द्र पुरुष ढकाल, रामबहादुर केसी, अवदेश विष्ट क्षेत्री, राजेश थापा, मित्रबन्धु शर्मा, रन्जित सिंह राठौर, रामप्रसाद घटी मगर, नरेन्द्र कुमार कार्की, खड्कबहादुर खत्री, मधवप्रसाद बुढाथोकी, विश्वराज सिंह खड्का, बाल नरसिंह राणा, हरिहर नाथ योगी छन् । उनीहरु ५ मंसिर २०७१ मा डीएसपीमा बढुवा भएका हुन् ।

यस्तै, ११ फागुन २०७१ मा डीएसपीमा बढुवा भएकाहरु पनि एसपी बढुवामा दाबेदार छन् । डीएसपीहरु अपिलराज बोहरा, गौतम कुमार केसी, टेकुनन्द ईवा लिम्बू, नरेशराज सुवेदी, भरतबहादुर विक, बसुन्धरा खड्का, विपिन रेग्मी, रवीन्द्रबहादुर सिंह, अनुपम श्रेष्ठ, चित्रबहादुर गुरुङ, मोहनकुमार थापा, नवरत्न पौडेल, गौतम मिश्र, सुधीरराज शाही, काजीकुमार आचार्य, गोविन्द पुरी, नवराज कार्की, योगेन्द्र कुमार खड्का, दुर्गाराज रेग्मी, वासुदेव पाठक, नवीनकिशोर प्रधान, रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्रचार्य, कोमल शाह, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरिया, श्यामबहादुर खत्री, श्याम कुमार राई, शालिग्राम शर्मा र कुमोद ढुंगेल एसपी बढुवामा प्रतिस्पर्धी छन् । पर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!