२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

नेपाल प्रहरीका आईजिपी धिरज प्रताप सिंह मुद्दा लड्दै प्रहरी संगठन हाक्दै

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटक–पटक मुद्दा पर्ने गरेको छ । नेपाल प्रहरीजस्तो अनुशासित संगठनमा नेतृ्त्वका लागि मुद्दा परिरहनु राम्रो कुरा होइन । यसले संगठनभित्र गुटबन्दी खडा गर्छ । नेपाल प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप रोक्न गृह प्रशासनले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह विगतमा यस्तै राजनीतिक कुचक्रमा फसेका थिए । सुरुदेखि वरिष्ठता र दक्षता हासिल गर्दै आएका सिंहलाई महानिरीक्षक बन्नबाट रोक्न तत्कालीन एमाले सरकारले विश्व पोखरेललाई ‘चोरबाटो’बाट डिआइजीमा बढुवा गरेको थियो । त्यतिबेला पनि पोखरेलको बढुवालाई लिएर व्यापक विरोध भएको थियो । अहिले डिआइजी बढुवाको त्यही रिपोर्ट लिएर उनी वरिष्ठताको दाबी लिएर सर्वोच्च धाइरहेका छन् ।

नेपाल प्रहरीमा आइजिपी विवादको मुद्दा अदालतमा चलिरहेको छ । एआइजी बढुवाको विषयमा पनि सँगै सुनुवाई हुँदै छ । मुद्दा लड्दै संगठन चलाउनुपर्ने कठिनाइ आइजिपी सिहंलाई छ ।अझ एआइजी र आइजिपीको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन । गत साताको एआइजी सरुवा तथा पदस्थापनमा असन्तुष्टि देखिएको छ । सिनियर रहेका एआइजी सहकुल बहादुर थापाले त्यसमा असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

अन्य सबै एआइजीको जिम्मेवारी हेरफेर भएपनि उनलाई भने कार्यमै राखिएको थियो । थापाले उपत्यका प्रहरी कार्यालय वा एकेडेमी मागेको स्रोत बताउँछ । तर, सिनियर भएर पनि जिम्मेवारी दिदां भने अन्याय गरेको भन्दै असन्तुष्टि जनाई उनी पनि बिदामा बसेका छन् ।

हालै मात्र बढुवा भएकी पूजा सिंहलाई मानव स्रोत विकास विभागको जिम्मेवारी दिइएको छ । उनी चार महिनाअघि मात्र डीआइजी भएकी थिइन् । एसएसपीबाटै अवकाश पाउन लागेकी सिंहलाई प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर बढुवा गरिएको थियो ।

बढुवालगत्तै प्रदेश प्रमुख भएकी उनी एआइजी भएलगत्तै अर्काे महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् । त्यस्तै सिआइबीमा उत्तमराज सुवेदी र उपत्यकाका रबिन्द्रबहादुर धानुकको जिम्मेवारीलाई उचित भनिएको छ । इमान्दार छवी भएका अरुण बिसीले प्रशासन विभागको जिम्मेवारी पाएका छन् ।

दुई महिनापछि अवकाश पाउन लागेका मुकुन्द आचार्यको प्रहरी एकेडेमीमा पदस्थापन भएको छ । उनको अवकाशपछि त्यहाँ एआइजी थापालाई दिनेगरी फकाइएको स्रोत बताउँछ ।

आइजिपी बढुवामा थापा पनि प्रतिस्पर्धी थिए । अन्याय भएको भन्दै उनी बिदामा बसेको गृहमन्त्री बालकृष्ण खाणले बोलाएर चुनावको बेलामा बिदामा नबस्न आग्रह गरेपछि उनी काममा फर्किएका थिए । अहिले गृहमन्त्रीले आफूलाई धोका दिएको गुनासो थापाले निकटस्थलसँग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!