२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

आईजीपीको मुद्दामा यस्तो आयो कुरा सर्वोच्चको पोखरलेलाई झट्का श्रावणमा अबकाश हुँदै पोखेरले

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आतबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखेको हो ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धका पोखरेल सर्वोच्चमा गएका छन् ।

पोखरेलले आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चले यो मुद्धालाई हेर्दाहेर्दैमा राखेर सारेपछि पोखरेललाई प्रारम्भीक झट्का लागेको छ ।

गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।

पोखरेलले शक्तिको दुरुपयोग गरेर बढुवा खाएको कुरा भने भुलेका छन् । उनले मुद्दामा यो कुरा जिकिर गरेका छैनन् । उनले ऐना हेर्नुपर्ने सुझाव छ ।

सरकारले ऐन, कानून र विधिलाई टेकेरै आईजीपी बढुवा गर्दा पनि पोखरेलले चेनअफ कमाण्डलाई अस्वीकार गरेको भन्दै आलोचना पनि भएका छन् । रि पब्लिका-दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!