१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

ईप्रका भालुवाङको एक्सन अवैध नदिजन्य उत्खनन् गर्ने १८ वटा टेक्टर चालकसहित नियन्त्रणमा,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, चैत्र २४, २०८२

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा राप्ती नदीकाे कटहाघाट क्षेत्रबाट १८ वटा ट्याक्टर र चालक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

रातकाे समयमा राप्ती नदीकाे राप्ती गाउँपालिकाकाे क्षेत्रबाट अबैध रूपमा नदीजन्य पदार्थ ओसारपसार तथा दुवानी भईरहेकाे भन्ने सुचनाका आधारमा भालुवाङ प्रहरीले पछिल्लाे समय आक्रमक रूपमा तस्करहरू नियन्त्रणमा लिने अभियान शुरू गरेकाे छ । नदीजन्य पदार्थ चाेरी तस्करीलाई नियन्त्रण गर्न पछिल्लो समय भालुवाङ प्रहरी आक्रमक रूपमा उत्रिएकाे छ । जसकाे फलस्वरूप मंगलबार बिहान साढे ४ बजेकाे समयमा एकै ठाउँबाट एकै समयमा ठुलाे संख्यामा नदीजन्य पदार्थ ओसारपसार गरिरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

यसरी पक्राउ पर्ने टेक्टरहरूमा लु २ त ७४३२, लु २ त ८०६५, रा १ त २१४५, रा १ त २५८२, रा १ त ४१९४, रा १ त ३९७५, लु ३ त ८९७०, रा १ त ४८३७, लु २ त ६९९२, लु ४ त १९८८, ना ७ त ४६५४, लु ३ त ८१२३, लु ३ त ६१६०, लु १ त ६९१५, लु ३ त १६१०, लु ४ त ५३३२, लु ३ त २१८१ र लु ४ त ४९२८ रहेका छन् । उक्त ट्याक्टरहरूलाई नियन्त्रणमा लिई अहिले ईलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको जनाएको छ। प्रकाउ परेका टेक्टरहरू दाङकाे गढवा र अर्घाखाँची क्षेत्रकाे रहेकाे प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]