२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

गरिब किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु लज्जास्पद :सांसद ढकाल

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् ।

किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उनले बताइन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् । उनले भनिन्, ‘यति बेला सामाजिक सञ्जालमा किसानले मल खोस्दै गरेको एउटा भिडियो भाइरल भएको छ । नेपाल कृषिप्रधान देश भनेर नथाक्ने हामी किसानलाई न उन्नत बीउ बिजन दिन सक्छौँ, न पर्याप्त मल किसानले ट्रक रोकेर मल खोस्नु पर्ने बाध्यात्मक अवस्थाको त्यो दृश्य राष्ट्रिय लज्जाको विषय हो ।’

किसानलाई समयमा मल उपलब्ध गराउनका लागि उनले सभामुखमार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘किसानलाई मल खाद र बीउ बिजन उपलब्ध गराउने दायित्व मन्त्रालय को हो । तत्काल किसानलाई सहज र सहुलियत रूपमा मल उपलब्ध गराउन म सभामुखमार्फत सरोकारवाला मन्त्रालय र मन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

काँग्रेस सांसद पार्वता डिसी चौधरीले पनि किसानलाई सरकारले मल दिन नसकेको तर तस्करहरूले मल ल्याइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘किसानले मल पाइरहेका छैनन् तर तस्करहरूले सेटिङमा मल भित्र्याइरहेका छन् । सिमेन्ट र गहुँ ल्याउने प्रज्ञापन पत्र देखाएर मल तस्करी भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!