२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

बाँकेको शमशेरगंज ट्राफिकले ट्याक्टर र यात्रुवाहक सवारीसाधनसँग पैसा असुल्दै

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

ABC (क्राईमबिट ब्युरो)
बाँके । शमशेरगंज ट्राफिक प्रहरीले ट्याक्टर र यात्रुवाहक गाडीसँग पैसा असुल्ने गरेको भेटिएको छ ।

प्राय जसो उक्त ट्राफिक कार्यालयबाट खटिएका ट्राफिक प्रहरीहरु जंगलको बिचमा चेकिङमा बसेका हुन्छन ।

पुर्व पश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अन्तर्गत बाँकेको शमशेरगंजमा ट्राफिक प्रहरीहरुले आफ्नो कार्यालय अगाडी चेकजाँच नगरेर करिब २-३ किलोमिटर पर सुनसान जंगलमा सवारीसाधन रोकेर चेकजाँच गरिरहेको भेटिन्छन ।

उक्त चेकजाँचकै क्रममा ब्लुबुक लाइसेन्स लिएर निर्लज्ज मुद्रामा मोलमोलाइ गरिरहेको दृश्य सामान्य झैँ भैसकेको छ ।

नाम नखोल्ने शर्तमा एक हायस गाडीका सहचालकले भने, “फिक्स रेट छ, हायसको ५०-१०० रुपैयाँ हो । ठूलो गाडीको १०० देखि २०० हो । यात्रु कम छन भने कममा पनि मान्छन । तर पैसा दिएरै जानुपर्छ नत्र कुनै न कुनै बहानामा लाइसेन्स ब्लुबुक राखिदिन्छन । गाडी रोकेर राखिदिन्छन । बाध्यताले रकम बुझाउनुपर्छ ।”

स्रोतका अनुसार शमशेरगंज ट्राफिक प्रहरीको सबैभन्दा ठूलो आम्दानिको स्रोत भनेको खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरबाट गरिने अबैध असुली हो ।

खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरहरुले दिने रकममा भने भिन्नता छ । कुनै ठेकेदारले मासिक वा हफ्तामा प्रहरी कार्यालयमै ल्याएर एकमुष्ट रकम बुझाउने गर्छन भने कसैले फिल्डमै प्रत्यक ट्याक्टरको १०० देखी ३०० सम्मको रकम दिने गर्छन । प्राय अबैध असुलीमा एकमुष्ट रकम लिने गरिन्छ ।

उक्त अबैध असुलीबाट आएको रकम ट्राफिक प्रहरीहरुका हाकिमहरुसम्म ‘नजराना’ स्वरुप तल देखि माथी सम्म पुग्ने गर्छ ।

शमशेरगंज ट्राफिक प्रहरीको इन्चार्जको रुपमा प्रहरी नायव निरिक्षक (सइ) होम बहादुर अधिकारी कार्यरत छन ।

उनकै कमाण्डमा खटिएका ट्राफिक प्रहरीहरु जंगलको कुनाकाप्चामा बसेर ड्युटी गरिरहेको अहिले पनी भेटिन्छन ।
नेपालकागज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!