२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

नाटकीय अपहरणमा २० लाख रुपैयाँ माग गरेको अभियोगमा पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

(ABC क्राईमबिट)
काठमाडौं। नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका कृष्ण कुमार मोबाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र खोजी गर्दा फेला नपरेको भनि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा निजले प्रयोग गर्ने सामाजिक सञ्जाल ईमोबाट कृष्ण कुमार अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती दिए अपहरण मुक्त गरिदिने र घटनाबारे प्रहरीलाई खबर गरेमा वा २ दिनभित्र मागेको रकम नदिएमा ज्यान मार्ने धम्की पूर्ण म्यासेज र अपहरण परेको भिडियो बनाइ डरत्रास देखाइएको थियो ।

घटनाको जानकारी पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नो घर परिवारलाई डरत्रास देखाई दबाब दिन आफूलाई अपहरण गरेको म्यासेज तथा भिडियो आफ्नो परिवारलाई पठाई कृष्ण कुमारले नै नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट उनलाई पक्राउ गरेको हो ।

उनीलाई सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!