२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

दाङमा मोटरसाइकल चोरी गर्ने ३ जना बालकहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

(ABC=SANCHAR)
काठमाडौं । पक्राउ परेका बालकहरूको नाम र ठेगानांप्रहरीले गोप्य राखेको छ । गत असार १ गते राती १ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ८ जुरपानी निवासी टेकबहादुर केसीको रा ३ प ५०६५ नम्बरको मोटरसाइकल घरको कम्पाउण्डमा पार्किङ गरि राखेको अवस्थामा चोरी भएको थियो ।

हराएको मोटरसाइकल खोजतलासका लागि इलाका प्रहरी कार्यालय भालुवाङमा मौखिक जानकारी दिए लगत्तै तत्काल प्रहरी निरिक्षक सुजनविक्रम शाह सहितको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सो मोटरसाइकल राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा ३ जना सवार भई चलाई रहेको अवस्थामा फेला पारेको हो ।

मोटरसाइकल फेला परे पनि फरार रहेका ती बालकलाई सोमबार प्रहरीले पक्राउ गरि मंगलबार दाङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!