२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

धनुषा जिल्लाको सिमामा खुला तस्करी सुरु धनुषाका घुमुवालाई बुझाउनुपर्ने दर-रेट…

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९


ABC (क्राईमबिट)
जनकपुरधाम । एसपी रजौरेले परिचालन गरेका घुमुवा प्रहरीहरुले नै तस्करहरुलाई लाइन दिएर कमाउ धन्दा शुरु गरेका हुन।

अहिले धनुषामा घुमुवाको कमान्डर सई नागेन्द्र राउत अहिर छन् । यसअघि जानकी चौकीमा कार्यरत छँदा आर्थिक लेनदेनमा मुछिएका कारण तत्कालीन एसपी प्रकाश रानाभाटले सई नागेन्द्रलाई नसियत समेत दिएका थिए। तथापि, उनी अहिले सम्म सुध्रिएका छैनन् । तिनै बिबादास्पद सई नागेन्द्रको कमाण्डमा हवल्दार मनोज महत्तो र सहायक हवल्दार अमोद चौधरी घुमुवाका रुपमा खटिएका छन्। योजनाबद्व ढंगले एसपी रजौरेलाई गुमराहामा पारेर घुमुवाहरूले नै तस्करीको लाइन चलाएका छन् ।

धनुषामा एसपी रजौरेले सुचना संकलन र चोरी तस्करी नियन्त्रणका लागि परिचालन गरेका सई नागेन्द्र राउत अहिर ,हवल्दार मनोज महतो र सहायक हवल्दार अमोद चौधरीले चक्मा दिएर तस्करीको लाइन चलाइरहेको प्रहरी स्रोत नै वताउँछ । उनीहरुले पाएको सूचना समेत चुहाई तस्करलाई सहज बनाइदिने गरेका छन् ।

जिल्लाभरिका भन्सार छली गर्नेहरुसँग उनीहरुको सेटिङ छ । प्रहरी संगठनको बिरुद्धमा गएर सूचना चुहाउने तथा तस्करीलाई संरक्षण गर्ने सई नागेन्द्र राउत अहिर र सहायक हवल्दार अमोद चौधरी ८/९ महिना र हवल्दार मनोज महतो ९ वर्ष देखी घुमुवाका रुपमा धनुषामै कार्यरत रहँदैआएका छन् । घुमुवा सई नागेन्द्र राउत अहिरले ९८२९९२८६५० नम्वरको सिम र हवल्दार मनोज महतोले ९८०१६३१८०४ नम्वरट प्रयोग गरि व्यापारीसँग डिल गर्ने गरेको स्रोत बताउँछ ।

उनीहरुको कल डिटेल्स चेक गर्‍यो भने सबै कुरा छर्लङग हुने एक व्यापारी नै दाबी गर्छन् । सई नागेन्द्र राउत अहिरले धनुषाका एसपी रजौरेको नाममा रकम उठाउँदै आएका छन् ।धनुषामा नामुद तस्करका रुपले चिनिने सुरेशले महिनाको चार लाख बुझाएर महिनाथपुर नाकाबाट कपडा र सुर्ती नेपालतर्फ भित्र्याउने लाइन पाएका छन् ।

त्यस्तै, दुहबी नाकाबाट राजिव माहासेठले महिनाको चार लाख बुझाएर नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका भारततर्फ पठाउने गरेका छन् भने भारतबाट कपडा ,हार्डवेयर , मोटर पाटस, पानपराग ,रजनिगन्धा , लगायतका समानहरु पिकअप र मोटरसाईकलको माध्यमले तस्करी गर्दै आएका छन् ।

इनर्वा नाकाबाट सुनिल यादव र अजय यादवले महिनाको १ लाख ६० हजार बुझाएर सिल प्याक मदिरा रक्सीको तस्करी गरि भारततर्फ पठाउने लाइन पाएका छन् । खजुरी नाकाबाट छोटे अहेसान नामका तस्करले महिनाको १ लाख बुझाएर चाइनिज सामान र नेपाली आईटम भारततर्फ तस्करी गरि पठाउने गरेका छन् । बरतुल्ला , सम्तुल्लाह , नरेशले महिनाको १ लाख बुझाएर भररिया ४ न.वडा नाकाबाट कपडाको तस्करी मोटरसाईकलको माध्यमले गर्दै आएका छन् ।

मुखियापटी मुशहर्नियाघाट नाकाबाट उमेश दास , फेकन , बिन्देश्वर नायक , शिवनरायण साहले महिनाको १ लाख बुझाएर नेपालबाट सिल प्याक रक्सी, मदिरा र ड्रोन क्यामरा भारततर्फ तस्करी गरिरहेका छन् भने भारतबाट कपडाको तस्करी गरि नेपाल भित्र्याइरहेका छन् ।अनलाइन-नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!