१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

धनुषा जिल्लाको सिमामा खुला तस्करी सुरु धनुषाका घुमुवालाई बुझाउनुपर्ने दर-रेट…

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९


ABC (क्राईमबिट)
जनकपुरधाम । एसपी रजौरेले परिचालन गरेका घुमुवा प्रहरीहरुले नै तस्करहरुलाई लाइन दिएर कमाउ धन्दा शुरु गरेका हुन।

अहिले धनुषामा घुमुवाको कमान्डर सई नागेन्द्र राउत अहिर छन् । यसअघि जानकी चौकीमा कार्यरत छँदा आर्थिक लेनदेनमा मुछिएका कारण तत्कालीन एसपी प्रकाश रानाभाटले सई नागेन्द्रलाई नसियत समेत दिएका थिए। तथापि, उनी अहिले सम्म सुध्रिएका छैनन् । तिनै बिबादास्पद सई नागेन्द्रको कमाण्डमा हवल्दार मनोज महत्तो र सहायक हवल्दार अमोद चौधरी घुमुवाका रुपमा खटिएका छन्। योजनाबद्व ढंगले एसपी रजौरेलाई गुमराहामा पारेर घुमुवाहरूले नै तस्करीको लाइन चलाएका छन् ।

धनुषामा एसपी रजौरेले सुचना संकलन र चोरी तस्करी नियन्त्रणका लागि परिचालन गरेका सई नागेन्द्र राउत अहिर ,हवल्दार मनोज महतो र सहायक हवल्दार अमोद चौधरीले चक्मा दिएर तस्करीको लाइन चलाइरहेको प्रहरी स्रोत नै वताउँछ । उनीहरुले पाएको सूचना समेत चुहाई तस्करलाई सहज बनाइदिने गरेका छन् ।

जिल्लाभरिका भन्सार छली गर्नेहरुसँग उनीहरुको सेटिङ छ । प्रहरी संगठनको बिरुद्धमा गएर सूचना चुहाउने तथा तस्करीलाई संरक्षण गर्ने सई नागेन्द्र राउत अहिर र सहायक हवल्दार अमोद चौधरी ८/९ महिना र हवल्दार मनोज महतो ९ वर्ष देखी घुमुवाका रुपमा धनुषामै कार्यरत रहँदैआएका छन् । घुमुवा सई नागेन्द्र राउत अहिरले ९८२९९२८६५० नम्वरको सिम र हवल्दार मनोज महतोले ९८०१६३१८०४ नम्वरट प्रयोग गरि व्यापारीसँग डिल गर्ने गरेको स्रोत बताउँछ ।

उनीहरुको कल डिटेल्स चेक गर्‍यो भने सबै कुरा छर्लङग हुने एक व्यापारी नै दाबी गर्छन् । सई नागेन्द्र राउत अहिरले धनुषाका एसपी रजौरेको नाममा रकम उठाउँदै आएका छन् ।धनुषामा नामुद तस्करका रुपले चिनिने सुरेशले महिनाको चार लाख बुझाएर महिनाथपुर नाकाबाट कपडा र सुर्ती नेपालतर्फ भित्र्याउने लाइन पाएका छन् ।

त्यस्तै, दुहबी नाकाबाट राजिव माहासेठले महिनाको चार लाख बुझाएर नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका भारततर्फ पठाउने गरेका छन् भने भारतबाट कपडा ,हार्डवेयर , मोटर पाटस, पानपराग ,रजनिगन्धा , लगायतका समानहरु पिकअप र मोटरसाईकलको माध्यमले तस्करी गर्दै आएका छन् ।

इनर्वा नाकाबाट सुनिल यादव र अजय यादवले महिनाको १ लाख ६० हजार बुझाएर सिल प्याक मदिरा रक्सीको तस्करी गरि भारततर्फ पठाउने लाइन पाएका छन् । खजुरी नाकाबाट छोटे अहेसान नामका तस्करले महिनाको १ लाख बुझाएर चाइनिज सामान र नेपाली आईटम भारततर्फ तस्करी गरि पठाउने गरेका छन् । बरतुल्ला , सम्तुल्लाह , नरेशले महिनाको १ लाख बुझाएर भररिया ४ न.वडा नाकाबाट कपडाको तस्करी मोटरसाईकलको माध्यमले गर्दै आएका छन् ।

मुखियापटी मुशहर्नियाघाट नाकाबाट उमेश दास , फेकन , बिन्देश्वर नायक , शिवनरायण साहले महिनाको १ लाख बुझाएर नेपालबाट सिल प्याक रक्सी, मदिरा र ड्रोन क्यामरा भारततर्फ तस्करी गरिरहेका छन् भने भारतबाट कपडाको तस्करी गरि नेपाल भित्र्याइरहेका छन् ।अनलाइन-नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]