०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

कपिलवस्तुको शुद्धोधन गाउंपालिका बजेट ५३ करोड ९० लाख २२ हजार

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

(धर्मेन्द्र कुमार कुर्मी)
विजयनगर । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले उक्त बरारबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सोमध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ हजार र वित्तीय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको थियो ।
अध्यक्ष चौधरीले मावि तहमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क साइकल वितरण, गर्भवती सुत्केरी महिलाहरुलाई अध्यक्ष कोशेली कार्यक्रम जस्ता कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

साथै अध्यक्ष चौधरीले कृषि, पशु, स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनीय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दैसभा सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]