२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

ठेकेदारको चरम लापरबाही कालोपत्रे भएको सडक २ हप्ता नबित्दै चर्कियो

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


(धर्मेन्द्र कुमार कुर्मी)
कपिलवस्तु बिजयनगर गाउँपालिकामा कालोपत्रे भएको सडक दुई हप्ता नबित्दै चर्किएको छ । गाउँपालिकाको वडा नम्बर ३ मयनारीदेखि महदेइयासम्म बनेको कालोपत्रे सडक चर्किएको स्थानीयले बताएका छन् । देउराली इन्जिनियरिङ्ग कम्पनी काठमाण्डौँले सडक निर्माणकाे ठेक्काको पाएको थियो ।

निर्माण व्यवसायी कम्पनीले २०७८ पुस ५ गते सम्झौता गरेको र सम्पन्न मिति २०७९ जेठ २९ गतेसम्म रहेकाे थियो । उक्त कालाेपत्रे निर्माण व्यवसायी कम्पनीले ५७ लाख ९० हजार १ सय ३१ रुपैयाँकाे बजेटमा निर्माण भएकाे जनाएकाे छ । कालोपत्रे सम्पन्न मितिले दुई हप्ता नबित्दै विभिन्न ठाउँहरुमा सडक चर्किएर भत्किएको पाइएको छ
स्थानीय सुरज मिश्रले ठेकेदार र अनुगमनकर्ताकाे लापरबाहीले मापदण्ड दण्ड अनुसार सडक कालाेपत्रे नभएको गुनासो गर्नुभयाे । उहाँले सडक निर्माण भइरहँदा बेलैमा खबरदारी गरेकाे तर ठेकेदार कम्पनीले मनाेमानी ढंगले कालाेपत्रे गर्दा सडक चर्किएको बताउनुभयाे । मिश्रले भन्नुभएको; ‘याे कालोपत्रे सडक निर्माणमा व्यापक भ्रष्टाचार भयाे । जनताकाे पैसाले यसरी भ्रष्टाचारीहरुले लुटतन्त्र मच्चाइरहेका छन् । सम्बन्धित निकाले बेलैमा निगरानी र अनुगमन गरेकाे भए गुणस्तरीय हुन्थ्यो’ । उहाँले ठेकेदारले ठुलो बदमासी गरेकाे आराेपसमेत लगाउनुभयाे ।
यस्तै अर्का स्थानीय सद्दाम हुसेन बढईले चर्केर भत्किएको कालाेपत्र सडक फेरि निर्माण व्यवसायीले बनाउनुपर्ने माग गरेका छन् । स्थानीयले निर्माण हुने बेलामै सडक गुणस्तरीय नभएको भन्दै अवराेध गरे पनि ठेकेदारले मापदण्ड अनुसार नै सडक निर्माण भईरहेकाे भन्दै झुठो बाेलेर जनताकाे आँखामा छारो हालेर सडक निर्माण गरेकाे उहाँ भनाइ छ । उहाँले पुरै निर्माण भएकाे सडकको छेउछेउमा चर्किएर भत्किएको बताउनु भयाे । उहाँले भन्नुभयो; ‘यस्तै भ्रष्टचार हुने हाे भने कहिले जनताले विकास भएकाे महसुस गर्नेछन् ? सम्बन्धित निकायलाई तुरुन्त फेरि अनुगमन गर्न अनुरोधसमेत गर्नुभयाे ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!