०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सरकारले १९ जना सहसचिवको सरुवा

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९

ABC-SANCHAR
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तान्दै खानेपानीमा अतिरिक्तमा रहेका शोभा कान्त पौडेलको सरुवा भएको छ । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दीपक घिमिरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ भने यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ विराटनगरका सुरेश राउतको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी स्किम श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्दै राष्ट्रिय दलित आयोगका शिवराम गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ ।

यसैगरी निश्चल राज पाण्डेको विराटनगर महानगरपालिकाबाट राष्ट्रिय दलित आयोग र आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका नारायण प्रसाद सापकोटाको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका नेत्र प्रसाद सुवेदीको सोही प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय वा अन्तर्गतका राम प्रसाद पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशका भूपेन्द्र थापाको कानुन, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश, गृह मन्त्रालय वा अन्तर्गतका नारायण प्रसाद भट्टराईलाई प्रदेश लोक सेवा आयोग कर्णालीमा सरुवा भएको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गतका गोपाल अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत, सामान्यको अतिरिक्त समूहकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयका महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश र त्यहाँका धनी राम शर्मालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । र, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सहसचिव जगदीश्वर कर्माचार्यलाई सोही मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]