२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरीका ४ एआईजी कार्यकाल नपुग्दै उमेरहदले अवकाश हुँदै कोको छ्न?

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु उमेरहदका कारण ३० वर्षे कार्यकाल पूरा नहुँदै अवकाशमा जाने भएका छन् ।

प्रहरी नियमावली २०७१ को दफा १२७ (१) क (२) बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५६ वर्षे उमेरहदका कारण प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण कुमार बिसि र रबिन्द्रबहादुर धानुकले अनिवार्य अवकाश पाउने भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा रहेको रेकर्डअनुसार एआईजी पोखरेल यहि २०७९ साउन २० गते, आचार्य भदौ २३ गते, बिसि कार्तिक १५ र धानुक कार्तिक २५ गतेदेखी सेवानिवृत्त हुने भएका छन् ।

एआईजी धानुक हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख, एआईजी आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज (पुलिस एकेडेमी) को प्रमुख छन् भने एआईजी बिसि नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

यहि साउन २० गतेदेखी अनिवार्य अवकाशमा जान लागेका एआईजी विश्वराज पोखरेललाई अघिल्लो सरुवामा प्रदेश प्रहरी समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएपनी उनी केही समयदेखि गैर-हाजिर देखिएका छन् । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेपछि उक्त नियुक्तिमा असन्तुष्टि जनाउदै एकमहिने लामो बिदा बसेर सर्बोच्चमा रिट लिएर गएका एआईजी पोखरेल यहि असार २५ गतेसम्म पनि कार्यालय हाजिर नभए भगौडा खाली गर्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

आगामी कार्तिक २५ गतेसम्म रिक्त हुने चार एआईजी पदको लागि गत बैशाख १ मा बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम आलम खाँ स्वभाविक प्रतिस्पर्धी हुन् । उपाध्याय, आचार्य र खाँ २०४९ चैत ११ गते हालका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसंगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

भावी प्रहरी नेतृत्वको लागि वृत्ति बिकास गर्दै लैजाने सरकारको नीति अनुसार आगामी कार्तिक २५ गतेपछी गत शुक्रबार (असार १७ गते) बढुवा भएका डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापालाई एआईजीमा बढुवा गर्ने रणनीति तय गरिएको उच्च स्रोतको दाबी छ ।

डीआईजीहरु कुँवर, राई र सिंह २०५१ चैत ५ मा र थापा २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको उत्तराधिकारीको लागि डीआईजीहरु कुँवर, राई र सिंहबीच प्रतिस्पर्धा हुनेछ भने त्यसपछिको प्रहरी नेतृत्वको लागि डीआईजी थापा एकल दाबेदारको रुपमा देखिएका छन् । २०२८ सालको मंसिरमा जन्मिएका डीआईजी थापा ब्याचको सबैभन्दा कम उमेरको अधिकृत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!