२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका ४ एआईजी कार्यकाल नपुग्दै उमेरहदले अवकाश हुँदै कोको छ्न?

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु उमेरहदका कारण ३० वर्षे कार्यकाल पूरा नहुँदै अवकाशमा जाने भएका छन् ।

प्रहरी नियमावली २०७१ को दफा १२७ (१) क (२) बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५६ वर्षे उमेरहदका कारण प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण कुमार बिसि र रबिन्द्रबहादुर धानुकले अनिवार्य अवकाश पाउने भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा रहेको रेकर्डअनुसार एआईजी पोखरेल यहि २०७९ साउन २० गते, आचार्य भदौ २३ गते, बिसि कार्तिक १५ र धानुक कार्तिक २५ गतेदेखी सेवानिवृत्त हुने भएका छन् ।

एआईजी धानुक हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख, एआईजी आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज (पुलिस एकेडेमी) को प्रमुख छन् भने एआईजी बिसि नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

यहि साउन २० गतेदेखी अनिवार्य अवकाशमा जान लागेका एआईजी विश्वराज पोखरेललाई अघिल्लो सरुवामा प्रदेश प्रहरी समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएपनी उनी केही समयदेखि गैर-हाजिर देखिएका छन् । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेपछि उक्त नियुक्तिमा असन्तुष्टि जनाउदै एकमहिने लामो बिदा बसेर सर्बोच्चमा रिट लिएर गएका एआईजी पोखरेल यहि असार २५ गतेसम्म पनि कार्यालय हाजिर नभए भगौडा खाली गर्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

आगामी कार्तिक २५ गतेसम्म रिक्त हुने चार एआईजी पदको लागि गत बैशाख १ मा बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम आलम खाँ स्वभाविक प्रतिस्पर्धी हुन् । उपाध्याय, आचार्य र खाँ २०४९ चैत ११ गते हालका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसंगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

भावी प्रहरी नेतृत्वको लागि वृत्ति बिकास गर्दै लैजाने सरकारको नीति अनुसार आगामी कार्तिक २५ गतेपछी गत शुक्रबार (असार १७ गते) बढुवा भएका डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापालाई एआईजीमा बढुवा गर्ने रणनीति तय गरिएको उच्च स्रोतको दाबी छ ।

डीआईजीहरु कुँवर, राई र सिंह २०५१ चैत ५ मा र थापा २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको उत्तराधिकारीको लागि डीआईजीहरु कुँवर, राई र सिंहबीच प्रतिस्पर्धा हुनेछ भने त्यसपछिको प्रहरी नेतृत्वको लागि डीआईजी थापा एकल दाबेदारको रुपमा देखिएका छन् । २०२८ सालको मंसिरमा जन्मिएका डीआईजी थापा ब्याचको सबैभन्दा कम उमेरको अधिकृत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]