०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नवनियुक्त डिआईजीहरुको काज सरुवा एयरपोर्टमा ज्ञवाली ट्राफिकमा चौधरी भरतपुर शिक्षालयमा भण्डारी

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालयले नवनियुक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन लगत्तै काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार दरबन्दीमा पदस्थापन भएका नवनियुक्त तीन डीआईजीहरुलाई काज सरुवा गरेर अन्य युनिटको जिम्मेवारी दिइएको छ ।

यसअगाडी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नेतृत्व गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) खटाइएको छ ।

आइतबारको पदस्थापनमा प्रदेश प्रहरी समन्वय बिभागमा पदस्थापन भएका डीआईजी सन्दीप भण्डारीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काजमा खटाइएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएकी डीआईजी मिरा चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रमुखको जिम्मेवारी दिइएको छ भने केन्द्रिय साइबर ब्यूरोमा पदस्थापन गरिएका डीआईजी श्यामलाल ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डीआईजीको दरबन्दी रहेको केन्द्रिय साइबर ब्यूरोको नेतृत्व हाललाई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सम्हाल्नेछन् । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयले एसएसपी प्रमुख रहने तीन कार्यालयमा काजमा डीआईजी खटाइएसंगै सरकारले नेपाल प्रहरीमा तीन डीआईजी पदको लागि दरबन्दी थपको योजना अगाडी बढाएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]