३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रका भाइ प्रभुशमशेर प्रहरीको निगरानीमा

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
काठमाडौं । सिभिल सहकारीको ठगी मुद्दाको घुस लेनदेनको अडियो प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा पनि छानबिनमा तानिएका छन् । न्याय परिषद्ले गरेको प्रारम्भिक छानबिनमा यसमा मध्यस्तकर्ताका रुपमा प्रभुशम्शेर देखिएका छन् । जसकारण उनलाई निगरानीमा राख्न प्रहरीलाई जानकारी गराइएको छ ।

आठ अर्बको ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छाड्न त्यतिबेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच डिल भएको अडियो सार्वजनिक भइसकेको छ ।

जसमा प्रधानन्यायाधीश राणामार्फत आफुले जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई भन्न लगाउने कुरा पोखरेलले गरेका थिए । पोखरेल राणानिकट व्यक्ति थिए । त्यस विषयमा पोखरेलले प्रभु शमशेरसँग समेत कुराकानी गरेको स्रोत बताउँछ । पोखरेल र प्रभु दुवै जना प्रधान्यायाधीशविरुद्धको आन्दोलनलाई निष्क्रिय बनाउने गोप्य टिममा थिए ।

 

राणा र उनको गिरोहमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानबिन चलिरहेको छ । विभागले प्रभु शमशेरलाई समेत छानबिनको दायरामा तानेको छ । राणा प्रधानन्यायाधीश भएपछि उनले अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेका थिए । नयाँ बानेश्वरको आइप्लेक्स मल उनकै हो । अन्य दर्जनौं ठाउँमा घर जग्गा जोडेका छन् ।

जबकि त्यसअघि उनी टाट पल्टिने अवस्थामा पुगेका थिए । सर्वाेच्च अदालतमा ठूला मुद्दाको सेटिङमा राणा आबद्ध थिए । आइप्लेक्स मलमै बसेर मुद्दा जिताइदिने भन्दै उनले बार्गेनिङ गरेको उजुरीसमेत परेका छन् । उनी विदेश भाग्न सक्ने भएकाले रोक्नका लागि समेत मौखिक रुपमा प्रहरीमा जानकारी आएको प्रहरी उच्च स्रोत बताउँछ ।

न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा छानबिन समिति बनेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग समेत बयान लिने तयारी गरेको स्रोत बताउँछ ।उता, अधिवक्ता पोखरेल भने फरार भएका छन् । रातारात कार्यालयसमेत सारेका उनी बयान दिन नजाने रणनीतिमा छन् । निलम्बित प्रधानन्यायाधीश राणालगायतलाई जोगाउन उनी फरार भएका हुन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!