२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

इन्काउन्टरमा पुर्वगृहमन्त्री बादल,पुर्व आइजिपी खनालसहित १२ जनाविरूद्ध अनुसन्धान गर्न सर्बोच्चको आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालिन प्रहरी प्रमुख (आइजिपी) सवेन्द्र खनालसहित १२ जना जोडिएको ६ वर्ष पुरानो एउटा फाइलमा फोजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदातलले परमादेश जारी गरेको छ ।
तत्कालीन समयमा भूमिगत रहेको नेकपा माओवादी विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टर घटनामा उनीहरु माथि  फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।
सर्वोच्चका  अनुसार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले फौजदारी अनुसन्धानका लागि कानुन बमोजिम प्रक्रिया बढाउन बिहीबार परमादेश जारी गरेको हो ।
कुमार पोडेलको घटनामा सर्लाही जिल्ला प्रहरी कार्यालयमा तत्कालीन गृहमन्त्री बादल, तत्कालीन आइजिपी खनालसहित १२ जनाविरूद्ध हुलाकबाट जाहेरी दर्ता भएको थियो।
हुलाकबाट आएको जाहेरीलाई कानुनबमोजिम दर्ता गरी अनुसन्धान अघि बढाउनू भन्ने परमादेश भएको हो ।
यो परमादेशको पूर्णपाठ आइसकेको छैन।
के थियो कुमार पौडेलको इन्काउन्टर घटना ?
कुमार पौडेलको इन्काउन्टर घटना २०७६ असार ५ गतेको हो। त्यति बेला उनी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही जिल्ला इन्चार्ज थिए।

राजनीतिक कार्यक्रम सकेर फर्कँदै गर्दा लालबन्दी–१ लखन्ती खोलामा दोहोरो भीडन्तमा परी कुमारको मृत्यु भएको प्रहरी दाबी थियो। विप्लव समूहले भने कुमारको मृत्यु दोहोरो भीडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएको छ। विप्लवले कुमारको गैरन्यायिक हत्या भएको दाबी समेत गरेका छन्।

कुमार पौडेलको इन्काउन्टर प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रश्न उठाएको थियो। आयोगले छानबिन गरी उक्त घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई निलम्बन गर्न सुझाव दिएको थियो।

प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, विनोद साह, सत्यनारायण मिश्रलाई निलम्बन गर्न भनेको थियो। प्रहरी निरीक्षक किरण न्यौपाने, सई सूर्यकुमार कार्कीविरूद्ध फौजदारी अनुसन्धान अघि बढाउन पनि आयोगले सुझाव दिएको थियो।

पोस्टमर्टम डा.वीरेन्द्रकुमार मण्डलको कामप्रति पनि आयोगले प्रश्न उठाएको थियो।

त्यस्तै, संसदीय सुनुवाइ समितिमा रेखा शर्मा, जनार्दन शर्मा लगायत तत्कालीन नेकपा माओवादीका सांसदहरूले आफ्नै गृहमन्त्री बादलमाथि प्रश्न उठाएका थिए। उनीहरूले कुमार पौडेलको हातखुट्टा भाँचेर पछि गोली हानिएको भन्दै प्रश्न उठाएका थिए।

बादलले भने प्रहरी मुठभेडमा मारिएको दाबी गरेका थिए।

‘जहाँसम्म मुठभेड होइन, पहिले नियन्त्रणमा लिएर समाप्त पार्न नाटक प्रदर्शन गरेको भन्ने कुरा आएको छ, यी सुझावहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसको निम्ति आवश्यक छानबिन गर्छौं,’उनले संसदीय समितिमा भनेका थिए, ‘राज्य विप्लव समूहका नेताहरूलाई नियन्त्रण गर्ने प्रक्रियामै थियो। हामीलाई प्राप्त रिपोर्ट अनुसार मुठभेडमा कुमारको निधन भएको हो।’

उनले संसदीय समितिमा पौडेलबाट पेस्तोल बरामद भएको दाबी पनि गरेका थिए।

उक्त घटनामा कुमारकी आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री बादल, तत्कालीन आइजिपी खनाल, तत्कालीन प्रदेश २ का डिआइजी हरिबहादुर पाल, सर्लाहीका तत्कालीन सिडिओ कृष्णकुमार राउत र तत्कालीन एसपी गोपालचन्द्र भट्टराईविरूद्ध जाहेरी दिएकी थिइन्। राउत अहिले निर्वाचन आयोगमा सचिव छन्।

त्यस्तै, प्रहरी निरीक्षक किरण न्यौपाने, सई सूर्य कार्की, पोस्टमार्टम गर्ने डा। वीरेन्द्रकुमार मण्डल, प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, हवल्दार सत्यनारायण मिश्र, विनोद साह र बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरूद्ध पनि जाहेरी परेको थियो।

दुर्गादेवीले आफ्ना छोराको हत्या घटनामा अनुसन्धान गर्न भनेर हुलाकमार्फत् जाहेरी दिएकी थिइन्। घटनाको अनुसन्धान प्रक्रिया भने अघि बढेन।

त्यसपछि उनी अनुसन्धान प्रक्रिया अघि नबढाएको भन्दै सर्वोच्च अदालत पुगेकी थिइन्।

२०७७ मंसिर २८ गते उनले जिल्ला सरकारी वकिलको कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।

यही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्मा र पौडेलले परमादेश जारी गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालिन प्रहरी प्रमुख (आइजिपी) सवेन्द्र खनालसहित १२ जना जोडिएको ६ वर्ष पुरानो एउटा फाइलमा फोजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदातलले परमादेश जारी गरेको छ । तत्कालीन समयमा भूमिगत रहेको नेकपा माओवादी विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टर घटनामा उनीहरु माथि  फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश […]

दाङ । घोराही सवारी साधनको लाइसेन्स नवीकरण गर्नेदेखि बिलबुकको राजस्व तिर्न समेत समस्या परेको भन्दै घोराही बनाऔँ अभियानले घोराहीमा यातायात विभागको सम्पर्क कार्यालय खोल्न माग गरेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै अभियानले यस्तो माग गरेको हो ।अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वको टोलीले मन्त्री न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो। यसअघि […]

दाङ । गढवा गाउँपालिका–१ चिसापानी क्षेत्रका किसानहरू बर्सौँदेखि सिँचाइ पानीको अभावका कारण ठूलो समस्या भोग्दै आएका छन् यहाँका अधिकांश जनता कृषिमा नै निर्भर छन् खेतीपाती नै उनीहरूको मुख्य जीविकोपार्जनको आधार हो तर पर्याप्त सिँचाइ पानीको व्यवस्था नहुँदा किसानहरूले हरेक वर्ष धेरै दुःख र कठिनाइ सहनु परेको छ चिसापानीका खेतहरूमा सिँचाइको उचित व्यवस्था नभएकाले धान गहुँ […]

error: Content is protected !!