०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

राप्ती स्वास्थ बिज्ञान अस्पतालको वार्डमा पानी चुइने शौचालय बस्न भन्दा पस्नै गाह्रो

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

(सागर थापा)
दाङ । राप्ती स्वास्थ बिज्ञापन प्रतिस्ठान
घोराही दाङमा अस्पतालको शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ पस्नै कठिन हुन्छ । जसोतसो भित्र पसे पनि    शौचालय  गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी,भोला पराग जस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका खुलेको छ ।
भने अर्को धोका बन्द रहेको छ ।

दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालय भित्रै पानीका बोतल, कपडा प्याड जस्ता वस्तु पराग भोला सुर्तीजन्य प्रदार्थको खोस्टाहरु फालेको देख्न सकिन्छ । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान नदिएको देख्न सकिन्छ । राप्ती स्वास्थ बिज्ञान अस्पतालकै एक तलामाथि रहेको अर्को सुत्केरी शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नाल भरिएका छन् । भने कर्मचारीहरुका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ ।

त्यहाँ सर्वसाधारणलाई  शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालय भन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । यता सुत्केरी वार्डमा भर्ना भएका सुत्केरीहरु भन्छन् यो वार्डमा आएदेखि भने छ्तको टिनबाट पानी परेर सिधै सुत्केरी वार्डको बिस्तारमा चुईन्छ छतमा भएको पलाईबोर्ड पानीले भिजेर कुहिएर झरेको छ। यस्तो गर्मीमा सुत्केरी वार्डमा ८ वटा बेडमा पंखा जम्मा २ वटा रहेको छ । कुनैपनि झ्यालमा जाली समेत लगाएको छैन सबै भन्दा धेरै समस्या लाम्खुट्टे रहेको छ । गर्मी बर्खा मौसम संगै डेङ्गु मलेरीया जस्तो रोग सर्न सक्ने डर भएको सुत्केरीहरु बताउँछन् वार्डमा खाने पानीको पनि समस्या छ । नुहाउने र लुगा धुने समस्या छ । बाथरुम बन्द गरिएको छ । यता राप्ती स्वास्थ बिज्ञान  प्रतिस्ठान घोराही दाङका उपकुलपति डाक्टर बिकास लामिछानेले आफुले अनुगमन गरेको र अस्पताल भित्र रहेको अपुग समस्यालाई आफुले निरीक्षण गरेर तत्काल वार्डमा पानी चुइने समस्या खानेपानीको समस्या नुहाउने बाथरुमको समस्या फ़ोहोर शौचालयको समस्या वार्डमा पंखाको समस्या झ्यालमा जालीको समस्या बत्तीको समस्या सबै समस्यालाई उपकुलपति डाक्टर लामिछानेले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे। ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!