०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी किरण बज्राचार्यले सम्हालिन्

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि छन् ।

डीआईजी बज्राचार्य केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएकी थिइन् । यसअघि प्रदेश प्रहरी प्रमुख रहेकी पूजा सिंह एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त रहेको प्रदेश प्रहरी प्रमुख पदमा डीआईजी बज्राचार्यलाई पदस्थापन गरिएको हो ।

डीआईजी बज्राचार्य हेटौंडा पुगेर बुधबारदेखि नै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि हुन् । डीआईजी बज्राचार्यलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]