२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

१ नम्बर प्रदेश डीआईजी सुदिप गिरीद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC (क्राईमबिट)
विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

निर्देशनको क्रममा प्रहरीले सम्पादन गर्ने काम कारवाहीमा देखा परेका समस्या र चुनौतीहरुलाई तत्काल पहिचान गरी सम्बन्धित जिल्ला प्रहरी प्रमुखले त्यसको समाधान गर्न निर्देशन दिए ।

सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गरी अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागूऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध लगायतका विषयमा प्रविधिहरुको प्रयोग गरी विशेष चनाखो रही सामुहिक भावनाका साथ प्रहरी परिचालन गरी काम कारवाही गर्न समेत निर्देशन दिए ।

सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको समग्र बस्तु स्थिति र जिल्लामा भएको समस्या र चुनौतिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!