३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

पत्रकारलाई गोप्य सूचना दिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कारबाही

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एक जना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् ।

सङ्गठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. वरिष्ठ हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् ।

उनले सशस्त्र प्रहरी ऐन¸२०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विशेष अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।

सोही बमोजिम शाहुलाई शुक्रवारको थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पुर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!