०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरी आईजीपीविरुद्धको रिटमा सुनुवाइ हुँदै सोमबार फैसला हुन सक्ने

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ।

जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो।

त्यसपछि असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। निवेदक र त्यसपछि सरकारी पक्षको बहस सकिएपछि फेरि निवेदकले जवाफी बहस गर्न लागेका हुन्। यसअघि आइतबारका लागि पेशी तोकिएपनि सार्वजनिक बिदा परेपछि सोमबारका लागि सारिएको हो।

आफूले साउन २० गते उमेर हदका कारण अवकाश पाउन लागेको भन्दै एआईजी पोखरेलले चाँडोभन्दा चाँडो फैसला गर्न माग गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!