२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नेपाल प्रहरीको अनुसन्धानमा अबल्ल गौतम उत्कृष्ट असइबाट सइमा बढुवा

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा दरबन्दी हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक असईबाट प्रहरी नायब निरीक्षक सईमा युवराज गौतम बढुवा सिफारिसमा परेका हुन् । नेपाल प्रहरीमा उत्कृष्ट कार्यक्षमता भएका कारण उनलाई सिंगल बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौं (सदस्य-सचिब) बढुवा समिति (एआईजी) पुजा सिंहले जानकारी दिनुभएको छ । गौतमलाई बुधबार देशभरीको असइबाट प्रहरी प्रधान कार्यालयले सईका लागि सिंगल बढुवासिफारिस गरेको छ ।

गौतम दाङ जिल्लामा रहदा अपराध अनुसन्धानमा अबल्ल उत्कृष्ट अधिकृत
मानिन्छन् । गौतमले अबैध हातहतियारको गोदाम चोरीको मोटरसाइकल किन्ने र बेच्ने गिरोह हत्या गरेर भारत फरार भएका अपराधीहरु नक्कली पैसा नक्कली रिचार्ज कार्ड हुण्डी कारोबारी जुवा-तास ठुलो मात्रामा लागूऔषध बन्यजन्तुहरु रेड पान्डा कस्तुरीको बिणा बाघको छाला हतियार कारोबार गर्ने देखि किन्ने सम्मलाई आफ्नो राष्ट्रको लागि ज्यानको प्रभा नगरी अपराधी गतिविधि नियन्त्रण गर्न ठुलो भुमिका खेलेका छ्न ।

नेपाल प्रहरीमा जवानबाट सेवा प्रवेश सुरु गरेका गौतम २०७५ मंसिर २ गते हवल्दारबाट असईमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!