२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सार्वजनिक बिदाको दिन चलाइएका ३ वटा मोटरसाइकल दाङ ट्राफिक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

(सागर थापा)

दाङ । जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा हिरालाल रेग्मी आए सँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख झबिन्द्र परियारको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई दाङ ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशन अनुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो सवारी साधन नियन्त्रणमा लिएको हो ।

जिल्ला भित्र सरकारी नम्बर प्लेटका सवारी साधनहरू पास बिना चलाइएको पाएपछि विभिन्न ठाउँमा चेकजाँच गरेका थियौ । दुई पाङ्ग्रे मोटरसाइकल ३ वटा होल्डमा राखी सम्झाई बुझाई छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङकाट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।

उनीहरूलाई पहिलो पटक सचेत गराइएको र अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजनिक बिदाको दिन चलाउन हुन अनुरोध गरिएको ट्राफिक प्रमुख परियारले बताए ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नपाउने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!