११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

वडा अध्यक्षलाई पानीमा फाल्ने डीएसपी ठगबहादुरमाथि छानबिन गल्ती भए कार्वाही हुन्छ डिआईजी:राई

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९


ABC (क्राईमबिट)
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनाको छानबिन सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले क्षेत्रीलाई पोखरीमा फालेको भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार डीएसपी केसीमाथि छानबिन गर्न निर्देशन दिइसकिएको छ । रुपन्देहीका एसपी रवीन्द्र रेग्मीलाई उक्त विषयमा के भएको छानबिन गरेर जानकारी गराउन भनिएको राईले बताए ।

आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बिरोध प्रदर्शन गरेका थिए । सोही क्रममा वडाअध्यक्ष क्षेत्रीलाई धकेल्दै प्रहरीले मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेका थिए । पोखरीमा फालेको विषय राष्ट्रिय सभामा समेत उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!