२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सडक दुर्घटना न्यूनीकरण गर्न दाङ ट्राफिक र विद्यार्थी सचेतना अभियान कार्यक्रममा

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना बढ्दै जान थालेपछि ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि भि .एन स्कुल एन्ड कलेज घोराही दाङ र दाङ ट्राफिकले सचेतनामूलक र्‍याली आयोजना गरेर पर्चा पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउने लगायत कार्य ट्राफिक प्रहरीले अगाडि बढाएको छ।

दाङमा दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले
भने,मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि चालकलाई सचेतना दिने कार्यमा ट्राफिक प्रहरी र विद्यार्थीसंग मिलेर कार्यक्रममा जुटेका छौँ।’

तीव्रगतिले जीउधनको क्षति हुने भएकले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालन समेत गरिएको छ।

‘तनाव र अस्वस्थता भएका बेला पनि दुर्घटना हुने निकै सम्भावना रहन्छ,’ ट्राफिक प्रहरी निरीक्षक परियारले भने ‘यस्तो अवस्थामा सवारी साधन नचलाउनु नै बेस हुन्छ, यसका लागि पनि सचेत पार्ने काम भइरहेको छ।’

सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरी सवारीसाधन चलाउनका लागि समेत ट्राफिक प्रहरी चालकलाई सम्झाउने बुझाउने कार्यमा संलग्न भएका छन्। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउनेलगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको छ।

सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्यरूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउने कार्य गर्नुपर्ने कुरा चालकलाई प्रहरीले सडकमै बताउने गरेको छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यलाई निरन्तररूपमा जारी राख्ने ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले बताए ।

ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइएको छ।

सवारी चालकले मादक पदार्थ सेवन गरे/नगरेकोबारे र द्रुतगतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि कडाइ गर्ने कार्य गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र भि.एन स्कुल एन्ड कलेज घोराही दाङको सयुत्त आयोजनामा गरिएको ट्राफिक सचेतना कार्यक्रममा स्कुलका टिचरहरु पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!