२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ढल निकास नहुँदा नेपालगन्जमा पानीले मुख्य बजार क्षेत्र जलमग्न पसल भित्र पानी

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै पानी भरियो । धम्बोझी चोकमा पनि पानी भरिएर सडकमै बग्न थाल्यो । सडकबाट नालामा पानी खस्न पर्याप्त निकासको व्यवस्था नहुँदा सडकमै पानी बगिरहको देख्न सकिन्थ्यो ।

घरबारी टोलमा त पसलहरु भित्रै पानी पसेपछि एकाबिहानै व्यापारीहरु बाल्टिनले पानी बाहिर फालिरहेका भेटिए । अधिकांश पसलहरुभित्र पानी पसेको थियो । स्थानीय व्यापारीहरु घरबारीटोलको नाला समयमा सफा नगरिँदा समस्या आएको बताइरहेका थिए ।

उनीहरुले ठाउँ–ठाउँमा पानीको निकासका लागि ढक्कन खोलेर हेर्दा प्लाष्टिकले थुनिएको भेटिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले घरबारी टोलमा पचास प्रशिशत पसलमा पानी पसेको पाइएको बताए ।

यसैगरी न्यूरोड क्षेत्र पनि डुबानमा प¥यो । जुन क्षेत्रमा पनि यसवर्ष नाला नै सफा गरिएको थिएन । न्यूरोडको नाला निर्माण गर्दा नै गल्ती गरिएको थियो । त्यस सडकमा सफा गर्न मिल्ने ढक्कन नै राखिएको छैन । स्थानीय व्यापारीहरुले नाला सफा नगरिँदा नै डुबानको समस्या निम्तिएको बताएका छन् ।

यसका साथै सुर्खेत रोड कर्णाली विकास बैंक अघि रहेको पुलमा पनि अवरोध भएर पानीको पर्याप्त निकास भइरहेको थिएन । उक्त ठाउँमा निकास थुनिँदा नेपालगन्जको अधिकांश क्षेत्रमा डुबानको समस्या निम्तने गरेको छ । सडक बिस्तारका क्रममा पहिले रहेको पुलमाथि नै ढलान गरिँदा त्यस ठाउँमा पानीको निकास साँघुरो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]