११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

ढल निकास नहुँदा नेपालगन्जमा पानीले मुख्य बजार क्षेत्र जलमग्न पसल भित्र पानी

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै पानी भरियो । धम्बोझी चोकमा पनि पानी भरिएर सडकमै बग्न थाल्यो । सडकबाट नालामा पानी खस्न पर्याप्त निकासको व्यवस्था नहुँदा सडकमै पानी बगिरहको देख्न सकिन्थ्यो ।

घरबारी टोलमा त पसलहरु भित्रै पानी पसेपछि एकाबिहानै व्यापारीहरु बाल्टिनले पानी बाहिर फालिरहेका भेटिए । अधिकांश पसलहरुभित्र पानी पसेको थियो । स्थानीय व्यापारीहरु घरबारीटोलको नाला समयमा सफा नगरिँदा समस्या आएको बताइरहेका थिए ।

उनीहरुले ठाउँ–ठाउँमा पानीको निकासका लागि ढक्कन खोलेर हेर्दा प्लाष्टिकले थुनिएको भेटिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले घरबारी टोलमा पचास प्रशिशत पसलमा पानी पसेको पाइएको बताए ।

यसैगरी न्यूरोड क्षेत्र पनि डुबानमा प¥यो । जुन क्षेत्रमा पनि यसवर्ष नाला नै सफा गरिएको थिएन । न्यूरोडको नाला निर्माण गर्दा नै गल्ती गरिएको थियो । त्यस सडकमा सफा गर्न मिल्ने ढक्कन नै राखिएको छैन । स्थानीय व्यापारीहरुले नाला सफा नगरिँदा नै डुबानको समस्या निम्तिएको बताएका छन् ।

यसका साथै सुर्खेत रोड कर्णाली विकास बैंक अघि रहेको पुलमा पनि अवरोध भएर पानीको पर्याप्त निकास भइरहेको थिएन । उक्त ठाउँमा निकास थुनिँदा नेपालगन्जको अधिकांश क्षेत्रमा डुबानको समस्या निम्तने गरेको छ । सडक बिस्तारका क्रममा पहिले रहेको पुलमाथि नै ढलान गरिँदा त्यस ठाउँमा पानीको निकास साँघुरो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!