२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राशनभत्तामा मस्ती गर्दै सशस्त्र प्रहरीका १० जना हाकिमहरु छानबिनमा

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका १० वटै तालिम केन्द्रमा रुवाबासी सुरु भएको छ । तालिमेहरूको राशनभत्तामा मस्ती गर्दै आएका तालिमकेन्द्रका प्रमुख तथा लेखापालमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेपछि एसएसपी र एसपीहरू कारबाही रोक्न दौडधुपमा लागेका छन् ।

सशस्त्र प्रहरी मुख्यालयले हालै सबै तालिम केन्द्रमा छड्के टोली पठाएर छानबिन गरेको थियो । छानबिनमा कैफियत देखिएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कारबाहीको तयारी थालेका छन् । त्यसपछि कतिपयले सिपाही र हवल्दारको पैसा फिर्ता समेत गर्न थालेको तालिम केन्द्र स्रोत बताउँछ ।

छानबिन सुरु भएपछि चार एसएसपी तनावमा छन् । ककनी तालिम केन्द्रका एसएसपी दिपेन्द्र शाह, पोखराका सुरेश श्रेष्ठ, नाबस्ताका भूपेन्द्र केसी, कुरिनटारका अन्जनीकुमार पोखरेल छानबिनमा तानिएका हुन् । एसपी इन्चार्ज हुने अन्य ६ तालिमकेन्द्रमा पनि छानबिन चलिरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

पाथिभरा जवान शिक्षालय झापाका राजेश उप्रेती, दन्दकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीका अशोक कुमार बम, प्राविधिक तामिल शिक्षालय, काठमाडौंका नानीराम हुमागाई, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका राजु गौतम, टिकापुर तालिम केन्द्रका सुशील सुवेदी र बडिमालिका शिक्षालय बनबेहडा कैलालीका बिरेन्द्र बहादुर ऐरमाथि समेत छानबिन भइरहेको सशस्त्र प्रहरी मुख्यालय स्रोत बताउँछ ।

सशस्त्र प्रहरीमा बिदा छाडेर राशनभत्ता हाकिमले खाने बेथिती ब्यापक छ । यस्तो अनियमिततामा विगतमा धेरै हाकिम कारबाहीमा समेत परिसकेका छन् । विगतमा हाकिम निकट हुनेहरु कारबाहीबाट जोगिने गरेका थिए । तर, यसपटक बदमासी गर्ने कसैलाई पनि नजोगाउने नीति सशस्त्र प्रहरी नेतृत्वले लिएपछि देशभरीकै सशस्त्र प्रहरी कार्यालयका इन्चार्जहरु त्रसित बनेका
छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!