२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

राशनभत्तामा मस्ती गर्दै सशस्त्र प्रहरीका १० जना हाकिमहरु छानबिनमा

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका १० वटै तालिम केन्द्रमा रुवाबासी सुरु भएको छ । तालिमेहरूको राशनभत्तामा मस्ती गर्दै आएका तालिमकेन्द्रका प्रमुख तथा लेखापालमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेपछि एसएसपी र एसपीहरू कारबाही रोक्न दौडधुपमा लागेका छन् ।

सशस्त्र प्रहरी मुख्यालयले हालै सबै तालिम केन्द्रमा छड्के टोली पठाएर छानबिन गरेको थियो । छानबिनमा कैफियत देखिएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कारबाहीको तयारी थालेका छन् । त्यसपछि कतिपयले सिपाही र हवल्दारको पैसा फिर्ता समेत गर्न थालेको तालिम केन्द्र स्रोत बताउँछ ।

छानबिन सुरु भएपछि चार एसएसपी तनावमा छन् । ककनी तालिम केन्द्रका एसएसपी दिपेन्द्र शाह, पोखराका सुरेश श्रेष्ठ, नाबस्ताका भूपेन्द्र केसी, कुरिनटारका अन्जनीकुमार पोखरेल छानबिनमा तानिएका हुन् । एसपी इन्चार्ज हुने अन्य ६ तालिमकेन्द्रमा पनि छानबिन चलिरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

पाथिभरा जवान शिक्षालय झापाका राजेश उप्रेती, दन्दकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीका अशोक कुमार बम, प्राविधिक तामिल शिक्षालय, काठमाडौंका नानीराम हुमागाई, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका राजु गौतम, टिकापुर तालिम केन्द्रका सुशील सुवेदी र बडिमालिका शिक्षालय बनबेहडा कैलालीका बिरेन्द्र बहादुर ऐरमाथि समेत छानबिन भइरहेको सशस्त्र प्रहरी मुख्यालय स्रोत बताउँछ ।

सशस्त्र प्रहरीमा बिदा छाडेर राशनभत्ता हाकिमले खाने बेथिती ब्यापक छ । यस्तो अनियमिततामा विगतमा धेरै हाकिम कारबाहीमा समेत परिसकेका छन् । विगतमा हाकिम निकट हुनेहरु कारबाहीबाट जोगिने गरेका थिए । तर, यसपटक बदमासी गर्ने कसैलाई पनि नजोगाउने नीति सशस्त्र प्रहरी नेतृत्वले लिएपछि देशभरीकै सशस्त्र प्रहरी कार्यालयका इन्चार्जहरु त्रसित बनेका
छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!