११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

प्रहरी प्रधान कार्यालयमा १० बजे भित्र छिरिसक्न आईजीको सिंहको निर्देशन

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीका कुनै पनि युनिटमा हाकिम फेरिएपछि के के न गरेको देखाउन फण्डा अपनाउने गर्छन् । त्यस्ता फण्डा लागु गरेर जनताको ध्यान मोड्ने र माल कमाउने परम्परा बिगतमाा धेरै देखिएको हो ।

अहिले नेपाल प्रहरीमा नयाँ आईजी फेरिएका छन् । तर, अरु आईजीपीको भन्दा धीरजप्रताप सिंहको कार्यशैली सस्तो लोकप्रियताको लागि मात्र हुन्छ की केही गरौं भन्ने भावनाबाटै ओतप्रोत हुन्छ ? प्रतिक्षाकै विषय बनेको छ । आईजी सिंहबाट संगठनका सदस्यले पनि केही आशा गरेको देखिन्छ ।

सिंह प्रहरी महानिरीक्षक भएर मात्र होइन, आईजी बढुवाका आकांक्षी अर्थात् आफूलाई आईजीपी नियुक्त गरियोस् भनेर मुद्दा हाल्ने विश्वराज पोखरेलको रिट खारेज भएपछि धीरजप्रतापले हेडक्वाटरबाटै प्रहरी सेवा चुस्त, दुरुस्त र प्रभावकारी तुल्याउने भन्दै हेडक्वाटर भित्र साढे नौ बजे भित्र छिरिसक्नु पर्ने नियम प्रहरीका सबै दर्जालाई लागु गरेका छन् ।

हुन त प्रहरीको सेवा भनेको चौबिसैं घन्टा हो भनिन्छ, तर एउटा संगठनको सदस्यले २४ घन्टा ड्यूटी गर्ने नभएर रोलक्रम अनुसार समय मिलाउने हो । विगतमा प्रहरी हेडक्वाटरमा कार्यरत रहनु भनेको अल्छी गर्नेहरुलाई थन्क्याउने, काम गर्ने जाँगर नहुनेहरुले समय बिताउने ठाउँका रुपमा लिइन्थ्यो तर सिंहले प्रहरी नेतृत्व लिएपछि केही गर्नैका लागि समयको उर्दी लगाएका हुन् कि वा केही गरौं र चर्चा कमाऊ भन्नका लागि त्यस्तो उर्दी जारी गरिएको हो ? समयले देखाउला ।

यहीबीच, २०१६ सालदेखि नियमित रुपमा प्रकाशन हुँदै आएको प्रहरी द्धैमासिक पत्रिका यतिबेला प्रकाशन हुन छाडेको छ । लगातार ६३ वर्षदेखि २ २ महिनामा छापिने पत्रिका कोभिड महामारीका कारण बन्द भइरहँदा दुई वटा आईजीपी फेरिएर तेस्रा आईजीपी आईसक्दा पनि प्रकाशन गर्नुपर्छ भन्ने तिर ध्यान दिएको पाइएन ।

६३ वर्ष विभिन्न अनुसन्धानात्मक लेख रचना, साहित्य एवम् जानकारीमुलक रोचक प्रसंग प्रकाशित हुँदै आएको प्रहरी द्धैमासिक अहिले पीडीएफ फायलका रुपमा प्रकाशन हुने गर्छ । प्रिन्ट प्रकाशन हुँदा महत्वपूर्ण एवम् विज्ञका लेखरचना उपलब्ध हुने उक्त प्रत्रिकामा अहिले भने कसले लेखिदेला भनेर कुरीबस्नु पर्ने अवस्था सम्पादक मण्डलको छ । लेखकको पनि पीडीएफ प्रकाशनलाई आफ्ना महत्वपूर्ण रचना उपलब्ध गराउने चाहना मरेजस्तै हुन थालेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!