२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बंगलाचुली गा.पाको निर्णय चुनढुंगा खानी बाट ढुवानी गर्न दिने टिप्परको गति सिमित गर्ने

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


(ABC-Sanchar)
दाङ । घोराही बंगलाचुली गाउँपालिकाले आफ्नो पालिका क्षेत्रबाट चुनढुंगा ढुवानीका लागि टिपर संचालन गर्न अनुमति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरुका खानी र टिपरहरु विगत लामो समय देखि बन्द रहेकोमा यसअघि भएको सहमति र सम्झौताका अधिकांश बुँदा कार्यान्वयन भएको भन्दै खानी क्षेत्रबाट चुनढुंगा ढुवानी गर्न अनुमति दिएको जनाउनुभएको छ ।

तर, गाउँपालिकाले चुनढुंगा ढुवानी गर्दा टिप्परहरुको गति सिमित गर्ने, हर्न निषेध गर्ने, एकले अर्कोलाई उछिन्न नहुने, पैदल यात्री, मोटरसाईकल, कार, जीपलगायत सावर्जनिक सवारी साधनहरुलाई अवरोध नहुने गरी टिप्पर चलाउनु पर्ने जनाएको छ ।
उद्योगले टिप्पर संचालन हुने सडकको नियमितरुपमा मर्मत गर्नुपर्ने, विहान ९–११ र साँझ ३–५ बजेको समयमा खानिका टिप्परहरु नचलाउने, सवारी चालक अनुमति पत्र बिना सवारी साधन नचलाउन तथा सिमेन्ट उद्योगहरुले तापाचोक देखि खानी क्षेत्र सम्मको सड़क खण्डमा फुटपाथ निर्माण गर्न, धुलो उड्ने सडक खण्डहरुमा नियमितरुपमा उद्योग आफैले पानि चाहार्नु पर्ने, वैकल्पीक सडक निर्माण गर्न उद्योगले गाउँपालिका संग सहकार्य गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सो क्षेत्रबाट ठूलो संख्यामा रहेका टिपरले चुनढुंगा ढुवानी गर्दा करोडौँ खर्च गरेर निर्माण गरिएको कालोपत्रे सडक क्षतविक्षत हुनुका साथै वातावरण पनि प्रदुषित भएपछि स्थानीयबासी, गाउँपालिकालगायत सरोकारवालाले टिपर संचालनमा रोक लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!