२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

बंगलाचुली गा.पाको निर्णय चुनढुंगा खानी बाट ढुवानी गर्न दिने टिप्परको गति सिमित गर्ने

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


(ABC-Sanchar)
दाङ । घोराही बंगलाचुली गाउँपालिकाले आफ्नो पालिका क्षेत्रबाट चुनढुंगा ढुवानीका लागि टिपर संचालन गर्न अनुमति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरुका खानी र टिपरहरु विगत लामो समय देखि बन्द रहेकोमा यसअघि भएको सहमति र सम्झौताका अधिकांश बुँदा कार्यान्वयन भएको भन्दै खानी क्षेत्रबाट चुनढुंगा ढुवानी गर्न अनुमति दिएको जनाउनुभएको छ ।

तर, गाउँपालिकाले चुनढुंगा ढुवानी गर्दा टिप्परहरुको गति सिमित गर्ने, हर्न निषेध गर्ने, एकले अर्कोलाई उछिन्न नहुने, पैदल यात्री, मोटरसाईकल, कार, जीपलगायत सावर्जनिक सवारी साधनहरुलाई अवरोध नहुने गरी टिप्पर चलाउनु पर्ने जनाएको छ ।
उद्योगले टिप्पर संचालन हुने सडकको नियमितरुपमा मर्मत गर्नुपर्ने, विहान ९–११ र साँझ ३–५ बजेको समयमा खानिका टिप्परहरु नचलाउने, सवारी चालक अनुमति पत्र बिना सवारी साधन नचलाउन तथा सिमेन्ट उद्योगहरुले तापाचोक देखि खानी क्षेत्र सम्मको सड़क खण्डमा फुटपाथ निर्माण गर्न, धुलो उड्ने सडक खण्डहरुमा नियमितरुपमा उद्योग आफैले पानि चाहार्नु पर्ने, वैकल्पीक सडक निर्माण गर्न उद्योगले गाउँपालिका संग सहकार्य गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सो क्षेत्रबाट ठूलो संख्यामा रहेका टिपरले चुनढुंगा ढुवानी गर्दा करोडौँ खर्च गरेर निर्माण गरिएको कालोपत्रे सडक क्षतविक्षत हुनुका साथै वातावरण पनि प्रदुषित भएपछि स्थानीयबासी, गाउँपालिकालगायत सरोकारवालाले टिपर संचालनमा रोक लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

error: Content is protected !!