२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

प्रहरी इतिहासमा रेकर्ड राख्दै आईजीपी धिरज प्रताप सिंहको ९० दिन पुरा

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । धिरज प्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त हुनुअघि प्रहरीको मनोबल निकै खस्किएको थियो । प्रहरीका वर्षै देखि रिक्त रहेका सयौं पद जुन पूर्ति हुन सकिरहेका थिएनन् । साथै अपराध अनुसन्धानमा संलग्न हुनुपर्ने प्रहरी अधिकारीहरु स्वयं नै अपराधमा मुछिएर धमाधम कारबाही भोग्दै थिए । प्रहरी प्रमुखको जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो । यस्तो विषम परिस्थितिमा करिब ७५ हजार प्रहरीको कमान्ड सम्हाल्न पुगेका आईजीपी सिंह अगि चुनौती र अवसर दुवै थिए ।

एकातिर संगठन सुधार गर्नुपर्ने र सरकारले लिएकाे समृद्ध नेपाल, सुखी नेपालीई को नारालाई साकार पार्न शान्ति, सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नुपर्ने पहिलो सर्त हुने थियो । उनले दुवै काम एकसाथ सुरु गरे । जसअनुसार शान्ति, सुरक्षा अमनचयन कायम गर्न प्रहरीको मनोबल उकास्नुपर्ने थियो भने प्रहरीमा गाँजिँदै गएको भ्रष्‍ट्राचारलाई शून्यमा झार्नु थियो।
आज सनिवार धिरज प्रताप सिंह आईजीपी भएको ९० दिन पूरा भयो ।

सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गराएका छन् । तुलनात्मक रुपमा यो वर्षको निर्वाचनमा हिंसात्मक घटना न्यून भएको र प्रहरीको भूमिका पनि प्रभावकारी देखिएको थियो ।

मतदानको क्रममा समस्या भएका केही मतदानस्थलमा पनि सुरक्षा निकायभन्दा दलका कार्यकर्ताको अराजकता र उच्छृङखल व्यवहार प्रमुख कारण बनेको थियो । स्थानीय पार्टीका कार्यकर्ताबीचको झडपका कारण कतिपय स्थानमा पुन मतदान गर्नु पर्यो ।

मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह पहिलो परीक्षामा सफल भएका छन् । जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो ।

देशभरी एकै चरणमा निर्वाचन हुनु र छिटपुट घटना मात्र हुनुले सुरक्षाको दृष्टिकोणमा यो निर्वाचन निकै सफल भएको प्रहरी अधिकारी बताउँछन् ।

एकै चरणमा निर्वाचन गराउँदा जनशक्ति कम हुने र सुरक्षामा समस्या आउन सक्ने प्रहरी अधिकारीको चिन्ता थियो । अर्काेतर्फ सुरक्षा निकायलाई विगतमा दिइएका सुविधासमेत यसपटक कटौती गरिएको थियो । यस्तो अवस्थामा पनि न्यून जनशक्तिले उत्कृष्ट काम गरेर जिम्मेवारी निर्वाह गरेको छन् ।

निर्वाचनको तयारीमा प्रहरीको अवस्था कति दयनीय थियो भन्ने कुरा पर्याप्त हतियार र सञ्चारसेट समेत थिएन । तर, भएको स्रोत साधन प्रहरीले अधिकतम सदुपयोग गरेर निर्वाचन सम्पन्न गराएको छ ।
सरकारले समयमै बजेट दिएर हतियार खरिद गर्न नसकेपछि यो निर्वाचनमा प्रहरीले नेपाली सेनासँग साना हतियार सापट लियो । मतदानस्थलमा खटिने अफिसरसँग पेस्तोल नै नपुग्ने भएपछि निर्वाचनको दुई दिनअघि प्रहरीले सेनासँग हतियार सापट लिएको थियो ।

त्यस्तै, सञ्चार सेट पनि प्रहरीसँग पर्याप्त थिएन । पुराना सञ्चार सेट मर्मत गरेर प्रहरीले चलाएको थियो । त्यो पनि पर्याप्त नभएपनि कतिपय मतदानस्थलमा खटिएका प्रहरी मोबाइलको भरमा थिए । जसकारण कतिपय मतदानस्थल कब्जा हुनसक्ने समेत जोखिम आँकलन गरिएको थियो । तर, त्यस्तो घटना भने भनए ।

विगतका निर्वाचनमा जस्तो निर्वाचन विरोधी समूह सक्रिय नभएकाले पनि यसपटक शान्तिपूर्ण भएको प्रहरीको विश्लेषण छ । यसपटक दलका कार्यकर्ताबीच भएका झडप नै प्रमुख सुरक्षा चुनौती थिए । खासगरी पहाडी जिल्ला र तराईमा यस्ता झडप भए ।

एउटा सुखद् अवस्था के छ भने काठमाडौं उपत्यकामा एउटा पनि झडपको घटना भएन । निर्वाचनका क्रममा कुनै समस्या पनि सुरक्षा निकायले झेल्नुपरेन । अन्य शहरी क्षेत्रमा पनि झडपका घटना कम गएका छन् । यसले निर्वाचन प्रणालीमा आएको सुधारको समेत संकेत गर्दछ ।

मौन अवधिमा पैसा बाड्नेमध्ये पक्राउ पर्ने धेरै जसो एमालेका उम्मेदवार मात्र भएकाले पनि कतै प्रहरीले सत्ता गठबन्धनलाई सहयोग त गरेको होइन भन्ने प्रश्न भने नउठेको होइन । तर, समग्रमा गृह प्रशासन तथा प्रहरी यसपटकको निर्वाचनमा विवादमा आएन । विगतका चुनावको तुलना गर्दा सुरक्षाको दृष्टिकोणले यो निर्वाचन सबैभन्दा उत्कृष्ट भएको प्रहरी अधिकारी बताउँछन् ।

नेपाल प्रहरीको ऐतिहासिक सफलता : एक अर्ब भन्दा बढीको लागुऔषधसहित सात विदेशी पक्राउ सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय नेपाल प्रहरीको सक्रियताका कारण एतिहासिक सफलता पाएको छ । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहले नयाँ तरीकाले लागू औषध सम्बन्धि अपराध अनुसन्धान गर्न लागू औषध ब्यूरो र सातवटै प्रदेशका प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै आउनुभएको थियो ।

यसैबीच प्रहरीले एक अर्ब रुपैयाँ भन्दा बढीको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।

ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हो । सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ । १ केजी हेरोइनको मूल्य २ करोड पर्ने गरेको छ ।

सोही अनुरूप चौविसै घन्टा प्रहरी जाँच, कानुनी कारवाहीमा कडाई, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् । नेपाल प्रहरी मात्रै होइन सरोकारवाला सम्पूर्ण पक्ष यसको नियन्त्रणको लागि जागरुक हुनुपर्ने देखिन्छ । परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ ।

युवावर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ । सरकारीस्तर, प्रहरी, समाज, सरोकारवाला निकाय र आमनागरिक मिलेर कानुनले तोकेको पथ पछ्याउँदै सक्रिय रूपमा कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा पक्कै सफलता मिल्छ । जन-प्रभावबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

error: Content is protected !!