२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध गाडी जाम

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९


(ABC-Sanchar)
काठमाडौँ । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ । पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो । ।

सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको छ ।

हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एक ईण्डियन मिनी ट्रकको पछाडिको चक्का सामान्य रूपमा पुरिएको छ ।

माथिबाट झरेको लेदोमा चक्का फस्न गई पुरिएपनी मानिसहरू बाहिर निस्किसकेकाले कुनै मानवीय क्षति भएको छैन ।अहिले बाटो खुलाउने पहल भइरहेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]