२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

लुम्बिनी प्रदेश कानुन मन्त्रालयले १६ वटा मोटरसाइकल ट्राफिक प्रहरीलाई हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

ABC (क्राईमबिट)
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ ।
विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नु भयो। प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाईकल उपलब्ध गराएको सञ्चारमन्त्री शर्माको भनाई छ। मोटरसाइकलहरु आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाईकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनु भयो । मोटरसाईकल हस्तान्तरण गरेकोमा प्रहरी प्रमुख उपाध्यायले प्रदेश सरकारप्रति आभार ब्यक्त गर्नु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!