२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एकै परिवारका ३ जना मृत फेला

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९

(ABC-Sanchar)
बझाङ । बुधबार बिहान करिब ८ बजे बुंगल नगरपालिका-९ बस्ने आमा, छोरा र छोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मृत फेला परेका हुन्। स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो।
अहिले नजिकैको अस्थायी प्रहरी चौकीबाट प्रहरी खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक अवस्थीको कमान्डमा टोली खटिएको छ। घटनास्थल टाढा भएको हुँदा सो टोली त्यहाँ पुगिसकेको छैन।

तीनै जना झुन्डिएको अवस्थामा फेला परेका हुन्।

मृतकका श्रीमान पुस्कर पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हिजोमात्रै भारतबाट नेपाल फर्किएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]